मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
स्याङ्जा,२६ असार- स्याङ्जामा मापदण्ड विपरीत निर्दयी व्यवहार गरी पशुचौपाया ढुवानी गरिरहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार साँझ करिब ६ बजे फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरी टोलीले नियमित सवारी चेकजाँचका क्रममा गल्याङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं. २-०३००१ ख ६३४१ नम्बरको ट्रक जाँच गर्दा मापदण्ड विपरीत देखिएकाेले ट्रकलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रेमेश दत्त अवस्थीले जनकारी दिनुभयाे।
जाँचका क्रममा ट्रकमा २० वटा भैँसी तथा पाडो मापदण्ड विपरीत निर्दयी ढंगले ढुवानी गरिरहेको फेला परेपछि प्रहरीले ट्रक, भैँसी तथा पाडो सहित उक्त चौपायाका जिम्मेवार धनी पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–३२ निवासी ४२ वर्षीय अब्दुल रहीम अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको हाे।
उक्त घटनामा पशुपन्छी सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















