वालिङमा शिक्षक सुरुवामा आर्थिक चलखेल, भनेर सञ्जालमा लेखेका खनाले बुझाए स्पष्टीकरण
हिमलाल पराजुली
वालिङ,१० चैत– वालिङमा शिक्षक सुरुवामा आर्थिक चलखेल हुने गरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर एकाएक चर्चामा आएका शिक्षक अमृतप्रसाद खनालले वालिङ नगरपालिकाको कार्यालयमा आफै उपस्थित भएर लिखित स्पष्टीकरण बझाउनुभएको छ ।
खनालले शनिबार सामाजिक सञ्जालमा “वालिङमा पैशा खाएर सरुवा गर्नी तनाव मनुवाहरुको लागि आँउनी सरकारलाई १० कार्यक्रम यो ब्याक्ति चिन्नु कार्वाही गर्नु” भन्दै दश बुदामा बिभिन्न विद्यालयहरुको नाम राखेपछि वालिङमा यतिबेला खैलाबैला मच्चिएको छ ।
खनालको सञ्चालमा आएको विषयलाई लिएर वालिङ नगरपालिकाले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । पालिकाले स्पष्टीकरण सोधेको भोली पल्टै आज शिक्षक खनालले लिखित स्पष्टीकरण वालिङ नगरपालिकाको कार्यालयमा बझाउनुभएको छ ।
स्पष्टीकरण बुझाउन वालिङ नगरपालिकाको कार्यालय पुग्नुभएका शिक्षक खनालले आफुले शिक्षा क्षेत्रमा भएका बिकृतिहरुका बारेमा सार्वजनिक रुपमा सामाजिक सञ्जाल मार्फत उजुरी गरेको र यो विषयको अध्ययन गरी शिक्षक सरुवाका विषयमा भएको अनियमितताका बारेमा सत्यतथ्य बाहिर ल्याउने काम पालिकाको भएकोे बताउनुभयो । आफुले सञ्जालमा कुनै पनि ब्याक्तिको नाम उल्लेख नगरेको बताउदै यो सबैको चासो र सरोकारको विषय भएकाले आफुले उठाएको शिक्षक खनालले दावी गर्नुभयो ।
शिक्षक सरुवाको माइनट समेत पालिकाको चौपारीमा गरिएको गम्भीर आरोप खनालले शिक्षा शाखाका प्रमुखको कार्यकक्षमा कर्मचारीकै अगाडी लगाउनुभएको छ ।
वालिङ नगरपालिका ३ माजकोट माविमा प्रधानाध्यापकको रुपमा समेत जिम्मेवारी समाल्नुभएका खनाल हाल गल्याङ नगरपालिका वडा नम्बर २ शिवालय मावि गुठीमा गणित विषयको शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । शिक्षक सुरुवामा आर्थिक चलखेल हुने गरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि बिभिन्न ब्याक्तिहरुकाट आफु संगै परिवारलाई समेत धम्की आएको शिक्षक खनालको भनाइ रहेको छ ।
वालिङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ख्यामनारायण काफ्लेले शिक्षक खनालले स्पष्टीकरण कार्यालयमा बुझाएको र यस विषयमा शिक्षा समितिको बैठक बसेर सत्यतथ्य बाहिर ल्याउने बताउनुभयो । शिक्षक खनालको सामाजिक सञ्जालमा शिक्षक सरुवामा आर्थिक चलखेल मन्ने स्टाटस आएपछि कार्यालयमा केही शिक्षकहरु निवेदन लिएर आएको शिक्षा शाखा प्रमुख काफ्लेले बताउनुभयो ।
शिक्षकको विषय बाहिर आए संगै नगरप्रमुख कृष्ण खाँणले सत्यतथ्य के हो भन्ने विषयमा बुझ्ने प्रकृया अगाडी बढाउन कार्यालयका कर्मचारीलाई निर्देशन दिएको नगरप्रमुखको सचिवालयले जनाएको छ । यो प्रकरण संगै शिक्षकको सरुवा तथा बढुवामा आर्थिक चलखेल हुनुका साथै शिक्षा क्षेत्रमा अनियमितता हुने गरेको आसंका बढेर गएकोछ त्यसैले पनि वालिङ नगरपालिकाले यस विषयमा छानविन गरी अनियमितता गरेको पाइएमा यस कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन ढिला गर्नु हुदैन । शिक्षा जस्तो पवित्र क्षेत्रमा यस प्रकारका कुरा बाहिर आउँनु समग्र समाजको लागि दुःखद पक्ष हो ।


ताजा
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार





















