चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
नारायण विश्वकर्मा
काठमाडौं,१ फागुन– प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरु आमा’को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ ।
निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र २०८३ वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।
नयाँ वर्ष २०८३ को अवसर पारेर चलचित्रको प्रदर्शन मिति तोकिएको निर्माता तथा निर्देशक सुनारले जानकारी दिनुभयो ।
सोनी फिल्मस प्रा.लि को ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा निर्देशन प्रेम सोनी सुनारले गर्नुभएको छ । उहाँले नेपाली समाजमा शिक्षकले खेलेको अदृश्य तर अत्यन्त महत्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरेको बताउनुभयो । निर्माता सुनारले भन्नुभयो, ‘यो चलचित्र केवल मनोरञ्जनका लागि निर्माण गरिएको होईन, विद्यार्थी, शिक्षक, अभिभावक र समाजिक जीवनको महत्वपूर्ण पाठ हो ।’
चलचित्रमा मिथिला शर्मा, वुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशिल पोखरेल, धुर्व कोईराला र टिका सानुको मुख्य भूमिका छ । अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ, जसले कथालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
चलचित्रमा उत्तम केसी, राधिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बागदश, टंक मरासीनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्नब घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियारको अभिनय रहेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मानका कथाहरूलाई मार्मीक ढंगले प्रस्तुत गरिएको छ ।
शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय वस्तु, अनुभवी कलाकारको सहभागिता र सशक्त सन्देशका कारण ‘गुरुआमा’ अहिले नै दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















