नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई
वालिङ,२ फागुन- नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा, स्याङ्जाले आयाेजना गरेकाे १४औँ जिल्ला स्तरीय अन्तर–विद्यालय रनिङ शिल्ड हिज्जे प्रतियोगिताकाे उपाधि त्रिभुवन आदर्श माविले जितेकाे छ।
जिल्लाका ३९ विद्यालयकाे सहभागीता रहेकाे प्रतियाेगितामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय, पुतलीबजारले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थानसहित रनिङ शिल्ड जितेको हाे। स्याङ्जा माध्यमिक विद्यालय, पुतलीबजार द्वितीय भएको छ भने रोशनी अंग्रेजी माध्यमिक विद्यालय पुतलीबजार तृतीय भएकाे छ। ज्योति अंग्रेजी माध्यमिक विद्यालय, पुतलीबजारले सान्त्वना स्थान हासिल गरेकाे नेल्टा स्याङ्जाले जनाएको छ। विजेता विद्यालयहरूलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा स्टेशनरी सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले अंग्रेजी भाषा आजको विश्वव्यापी प्रतिस्पर्धाको आधार भएको बताउदै नगरप्रमुख खाँणले भन्नुभयो, “अंग्रेजी भाषाको दक्षता बिना अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिदैन त्यसैले गुणस्तरिय शिक्षामा जाेड दिनुनै अहिलेकाे आवश्यक्ता हाे।”
नगरप्रमुख खाँणले वालिङ नगरपालिका शिक्षाकाे सुधारलाई प्राथमिकतामा राखेको र नगरभित्र शिक्षा विहीन बालबालिकाको संख्या शून्यमा झार्ने लक्ष्यसहित काम अघि बढाइएको बताउनुभयाे।
नेल्टा गण्डकी प्रदेश अध्यक्ष कमल लम्सालले नेल्टाले पेशागत विकासका कार्यक्रममार्फत शिक्षकलाई सशक्त बनाउँदै आएको बताउनुभयाे। नेल्टा स्याङ्जाका अध्यक्ष ओम विकास सिँजालीले भाषा शिक्षणको गुणस्तर अभिवृद्धिका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो।
प्रतियोगिता सगरमाथा अंग्रेजी माध्यमिक विद्यालय, वालिङ–६ मिर्दीमा आयोजना गरिएको थियो।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















