पुतलीबजार र अर्जुन चौपारीमा आगलागी
अर्जुन काफ्ले
स्याङ्जा,२८ मङ्सिर– पुतलीबजार र अर्जुन चौपारीमा आगलागी हुँदा धनमाल जलेर क्षति भएको छ । विद्युत सर्टका कारण आगलागी भइ धनमाल जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
अर्जुनचौपारी गाउँपालिका –५ काउरेमा कुलबहादुर विकको ढुङ्गा–माटोले बनेको जस्ताले छाएको दुईतले कच्ची घरमा करेन्ट सर्ट भई आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरसहितजस्ताको छानो भएको भान्सा पूर्णरूपमा जलेर नष्ट भएको र भान्सामा राखिएको धान करिब सात मुरी, मकै पाँच मुरी, कोदो नौ मुरी, घरभित्र रहेको चार तोला सुन र नगद एक लाख ६० हजार रुपियाँ जलेर नष्ट हुँदा करिब ३५ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।
यस्तै, आइतबार स्याङ्जा सदरमुकाम नजिकै पुतलीबजार नगरपालिका –१० सुम्रेखोलामा पनि विद्युत सर्टकै कारण आगलागी भएको छ । स्थानीय शालिकराम अर्यालको एकतले पक्की घरको सटर कोठामा सञ्चालनमा रहेको अतिरिक्त हुलाक सेवाको कार्यालय र सोही स्थानको किराना पसलमा आगलागी भएर क्षति पुगेको प्रहरीको भनाइ छ ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















