शिक्षकलाई पेशागत सहायता तालिम
स्याङ्जा,२८ मङ्सिर– शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले जिल्लाका ११ वटै स्थानिय तहका विज्ञहरुलाई शिक्षक पेसागत सहयोग सम्बन्धि क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
रुम टु रिड र सुर्योदय क्लव स्याङ्जाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रारम्भिक कक्षाका शिक्षकहरुका लागि शिक्षक पेशागत सहयोग कार्यक्रम अन्र्तगत संचालन भएको तालिममा ११ वटै स्थानिय तहका ३३ जना विज्ञ समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमले शिक्षकहरुलाई कक्षा कोठामै सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । परम्परागत अनुगमनले मात्रै शिक्षकको पेसागत विकासमा सहयोग नपुग्ने भएकोले विज्ञ मार्फत कक्षाकोठामा बसेर शिक्षकलाई सहयोग गर्ने तरिकाको लागि विज्ञहरुलाई तालिम दिइएको हो ।
तालिम पछि विज्ञहरुले आआफ्नो स्थानिय तहमा पुगेर स्थानिय तहले अवलम्वन गरेको विधि अनुसार शिक्षकहरुलाई पेसागत सहयोग उपलव्ध गराउनेछन् ।

तालिममा स्थानिय तहका विज्ञहरुलाई शिक्षक पेसागत सहयोगको अवधारणा, नीति, शिक्षक पेसागत सहयोगका विधिहरु तथा स्थानिय तहमा कार्यान्वयनको संयन्त्रबारे जानकारी गराइएको थियो । यसैगरी कक्षा अवलोकन तथा पृष्ठपोषण गर्ने तरिका तथा साधनहरुको बारेमा विज्ञहरुलाई सहजीकरण गरिएको थियो । शिक्षकहरुको पेसागत सहयोगका लागि विज्ञ समुह, विद्यालय, प्रधानाध्यापक, सहकर्मी तथा सिकाइ सञ्जालको भूमिकाबारे समेत प्रष्ट पारिएको थियो ।

मंसिर २४ गतेदेखी सुरु भएको तालिम तीन दिन सम्म चलेको थियो । तालिमको सहजीकरण शिक्षा विकास समन्वय इकाई स्याङजाका प्रमुख विश्वराज आचार्य, रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत पुरुषोत्तम गिरी, कार्यक्रम अधिकृत टेक बहादुर ढेंगा र सुर्योदय क्लवका कार्यक्रम अधिकृत जनक ढकालले गर्नुभएको थियो ।
तालिमको उद्घाटन सत्रमा सुर्योदय क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले संस्थाले शिक्ष क्षेत्रमा गरेको योगदानको बारेमा जानकारी गराउदै आगामी दिनमा समेत शिक्षा क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।
कार्यालयले यस अघि ११ वटै स्थानिय तहका शिक्षा अधिकृत र जनप्रतिनिधिहरुलाई शिक्षक पेसागत सहयोगका लागि योजना निर्माणका लागि कार्यशाला गरेको थियो ।
ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















