उत्तरवाहिनी दामोर धर्मोत्सवमा ८८ लाख बढी बचत
कला राना
वालिङ,३० कात्तिक- उत्तरगण्डकी महामेला दामोर धर्मोत्सव २०८२ को आयव्याय सार्वजानिक गरिएको छ । कालिण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनमा असाेज २१ देखि कात्तिक १९ गतेसम्म स्याङ्जा र पाल्पाको संगलस्थल मालुङ्गा-अर्सेदी स्थित उत्तरवाहिनीमा आयोजित दामाेदर धर्मोत्सवमा २ करोड ३९ लाख ८५ हजार ९२२ रुपैँया आम्दानी भएको छ ।
आम्दानीतर्फ रसिदबाट १ करोड ४९ लाख ८५ हजार ८७२, चेक तथा बैंकिङ प्रणालीबाट ३२ लाख ९६ हजार ९२८, दानपेटिकाबाट १३ लाख २० हजार ४१६, आरती कर्ताबाट ७ लाख ८१ ह्जार ४८८,कलश विक्रिबाट २ लाख १ हजार ८०५, स्टल विक्रिबाट ३५ हजार ४००, चामल आटा विक्रिबाट १ लाख ७५ हजार ७००,बाँकी आम्दानी ११ लाख ५८ हजार ८५४, अन्य आम्दानी ५ लाख ६३ हजार, शालग्राम विशेष अनुदान १४ लाख ६६ हजार ४५९ गरी २ करोड २९ लाख ८५ हजार ९२२ आम्दानी भएको हो । जसमा आम्दानी मध्ये १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च गरी ८८ लाख ९१ हजार ८४५ रुपैँया बचत भएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।


पत्रकार सम्मेलनमा कोषाध्यक्ष हेमराज अर्यालले आयव्याय प्रस्तुत गर्नुभएकाे थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगरप्रमुढख गुरु प्रसाद भट्टराईले महामेलाले यश ठाउँकाे महत्व झनै बढाएकाे बताउदै सबै मिलेर विकासमा सहकार्य गर्ने आग्रह गर्नुभयाे।
धर्मोत्सवले उत्तरबाहिनीको महिमाका विषयमा थप प्रसार प्रसार हुनुका साथै तिर्थको पनि तिर्थ उत्तरबाहिनीको दर्शनबाट लागी देशभरबाट तथा देशबाहिरबाट पनि भक्तजनहरुको अभुतपुर्व सहभागिताले धर्मोत्सव सफल भएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले बताउनुभयो ।

ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















