जेनजीका माग प्रति एमालेको समर्थन छः सचिव अर्याल

स्याङ्जा,२८ कात्तिक- नेकपा एमाले सचिव पद्मा अर्यालले जेनजीले अगाडि सारेको एजेण्डा र नेकपा एमालेको एजेण्डा एउटै भएको बताउनुभएको छ । देशलाई भ्रष्ट्राचारमुक्त बनाई शुसासन कायम गर्ने नेकपा एमालेको पनि एजेण्डा भएको भन्दै जेनजीका सकरात्मक र राष्ट्रहितको पक्षमा रहेका मागप्रति नेकपा एमालेको पनि सर्मथन रहेको बताउनुभएको हो ।

नेकपा एमाले जिल्ला कमिटीले जिल्ला सदरमुकाममा शुक्रबार गरेको जनसभालाई सम्बोधन गर्दै जेनजीले देशमा विध्वंस मच्चाउने, देश जलाउने, समाजलाई त्रासपुर्ण बनाउने काम नगरेको भन्दै जेनजीको नाममा प्रतिगामी शक्तिहरुले शडयन्त्र गरेको सचिव अर्यालको भनाई थियाे । प्रतिगामीलाई हटाउनका लागि नेकपा एमाले अहिले सडकमा आएको भन्दै जनताको साथ र सर्मथनमा मुलुकलाई लोकतन्त्रतर्फ गणतन्त्रतर्फ फर्काउने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संविधानको मर्म र भावना विपरित बनेको सरकारका विरुद्धमा नेकपा एमाले जनताको बीचमा आएको सचिव अर्यालको भनाई छ । बंगलादेश र डेनमार्गको उदाहरण दिदै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकारले चुनाव गराउँछु भन्ने हास्यास्पद भएको अर्यालले बताउनुभयो । सार्वभौम सत्ता संसद जिवित रहँदा रहँदै पनि लगत तरिकाबाट बनेको वर्तमान सरकारले देशलाई असफल बनाउने उद्देश्यका साथ सरकार चलाईरहेको उहाँले बताउनुभयाे।

यस्तै कार्यक्रममा नेकपा एमालेका पाेलिटव्युरो सदस्य महेश बस्नेतले भ्रष्ट्राचारीलाई कारबाही गर्ने जेनजीको मागमा नेकपा एमाले तयार रहेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक तवरबाट निर्माण गरिएको सरकारमा रहेका मन्त्रीहरुकाे पनि छानविन आवश्यक रहेको नेता बस्नेतको भनाई छ ।

नेकपा एमालेले मुलुकको वर्तमान अवस्थाका बारेमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले सडकमा आएको उहाँले बताउनुभयो । वास्तविक जेनजीहरुलाई विदेशी शक्ति एवं लुसिफरहरुले प्रयोग गरिएको भन्दै अव जेनजी वास्तविक जेनजी नरहेको बताउँदै विदेशीले नामाकरण गरिदिएको जेनजीलाई डिजिटल जेनेरेशन डिजि एवं नवयुवालाई एमालेमा हरेक पलमा स्वागत रहेको बताउनुभयो । 

देशको न्यायपालिका सर्वोच्च अदालत, संसद, सिंहदरबार, प्रहरी कार्यालयलगायतका देशका संरचना चलाउने अर्गानिक जेनजी नरहेको भन्दै जेनजीलाई आवरण बनाएर विदेशी प्रतिगामीहरुले सार्वभौमसत्ता नेपाललाई ध्वस्त बनाउने प्रयास गरिएको भन्दै यो नेकपा एमालेलाई स्वीकार्य नहुँने नेता बस्नेतको भनाई छ । 

सामाजिक न्यायमा पछाडि परेका भ्रष्ट्रचारको विरुद्धमा काम गर्ने, देशमा संकट परेका बेला उभिने युथ भोलेन्टीयर फोर्स बनाईने भन्दै यो फोर्स केन्द्रदेखि जिल्ला तथा स्थानीय तहसम्म निर्माण गरिने बताउनुभयो । जनताको हित, राष्ट्रियता, विकास निर्माणको पक्षमा नेकपा एमाले सँधै अग्रस्थानमा रहेको बताउँदै जनताको बहुदलिय जनबाद जबजको पक्षमा पार्टी अडिग रहेको बस्नेतले बताउनुभयो । सभा गर्नुअघि वर्तमान सरकार असंवैधानिक रहेको भन्दै सरकारका विरुद्ध नाराबाजी गरिएको थियो भने भदौ २४ गते भएको आन्दोलनको अपराधीलाई कारबाही गर, मुलुकमा शान्ति सुरक्षा कायम गरलगायतका प्लेकार्ड सहित ¥याली गरिएको थियो । ¥यालीमा नेता कार्यकर्ता, युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal