युवालाई रोजगारी र सीपसँग जोड्न, गण्डकी प्रदेशमा करियर बुथ स्थापना
सुशील सुवेदी
स्याङजा,१ भदौ–नेपालमा बेरोजगारी र दक्ष जनशक्तिको अभाव दुबै समस्या छन् । एउटा पक्षमा रोजगारीको अवसर खोज्दै युवाहरू वैदेशिक रोजगारीतर्फ धाइरहेका छन् भने अर्कोतर्फ यहाँका उद्योग–व्यवसायीले आवश्यक सीपयुक्त जनशक्ति नपाएर कार्यक्षेत्रमा कठिनाई भोगिरहेका छन् ।
यस्तै समस्या समाधान गर्न गण्डकी प्रदेशमा करियर बुथको स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रम अन्तर्गत गण्डकी टिम मार्फत १० स्थानमा करियर बुथ स्थापना गरिएको हो ।
करियर बुथ स्थापनाका लागि प्रदेशका शैक्षिक र व्यवसायिक संस्थाहरुसँग आईतबार पोखरामा आयोजित एक कार्यक्रमका वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी भई हस्ताक्षर भएका संस्थाहरुमा रोजगार सूचना केन्द्र (सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय) पोखरा , प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश,गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान,व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका,वालिङ नगरपालिका,माछापुच्छ्रे गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षालय, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् ।
गण्डकी प्रदेशमा स्थापना भएको करियर बुथ को पहललाई भविष्यमा रोजगारी, सीप र युवाको भविष्यसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण कदमका रूपमा हेरिएको आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले बताउनुभयो ।
तिवारीले भन्नुभयो, “यसको लक्ष्य भनेको बेरोजगार युवाहरूलाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु, र कामदारलाई उनीहरूको सीप र रूचिअनुसार मार्गदर्शन गर्नु हो ।”
विशेषगरी पाँच प्रकारका व्यक्तिहरूलाई सेवा दिने गरी करियर बुथ डिजाइन गरिएको आइल्याव गण्डकीका सदस्य शरद कोइरालाले बताउनुभयो ।
रुचि र क्षमताबारे स्पष्टता नभएकाहरू,काममा संलग्न तर अपूरा दक्षता वालाहरू,अनौपचारिक रूपमा दक्षता हासिल गरेका व्यक्तिहरू, अनुभवी व्यक्तिहरू र पेशागत रूपमा स्थापित व्यक्तिहरू यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिन सक्ने कोइरालाको भनाई छ ।
शिक्षा प्रणाली कार्यशाला कार्यक्रम नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम प्रणालीलाई सुदृढ बनाउन लक्षित छ । यसै काठमाडौँ विश्वविद्यालयले देशभरबाट करियर बुथ स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानमा गण्डकी प्रदेशको टिमले प्रस्तुत गरेको अवधारणा छनोट भई कार्यान्वयन र परीक्षणका लागि स्वीकृत भई १० वटा संस्था छनौट भएको आइल्याव गण्डकीका सदस्य नवराज अधिकारीले जानकारी दिनुभयो ।
करियर बुथले सेवाग्राहीलाई पेशागत विकासका लागि आवश्यक पहिचान, तालिम, सीप परीक्षण, रोजगार अवसर र उद्यमशीलता परामर्श उपलब्ध गराई प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउनेछ । यससँगै प्रदेशको आर्थिक चक्रभित्रै युवाको श्रम–शक्ति परिचालन हुने र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ ।
यसरी छनोट भएपछि गण्डकी प्रदेशको टोलीले करियर बुथको मोडालिटी, सञ्चालन प्रणाली र परामर्श सेवाबारे अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
यसरी करियर बुथले केवल बेरोजगारलाई मात्र होइन, रोजगारीमा लागि सकेकाहरूलाई पनि थप सशक्त बनाउन भूमिका खेल्नेछ ।
शिक्षा विज्ञहरूका अनुसार, नेपालमा शिक्षा र रोजगारीबीच ठूलो खाडल छ । शिक्षाले दिने सीप र बजारले माग गर्ने सीपबीच मेल छैन । करियर बुथजस्ता अभ्यासले त्यो खाडल घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यदि यसलाई निरन्तरता दिन सकेमा गण्डकी प्रदेश केवल प्राकृतिक सुन्दरताका रुपमा मात्रै नभएर सीपयुक्त मानव संसाधनको केन्द्रका रूपमा समेत चिनिने छ ।
ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















