वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
वालिङ,१ चैत- दमक उद्योग वाणिज्य संघबाट चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको टाेलीलाई वालिङ उद्याेग वाणिज्य संघले एक कार्यक्रमका विच स्वागत गरेकाे छ। टाेलीलाई वालिङ उद्याेग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ सहितका पदाधिकारीहरुले स्वागत गर्नुभएकाे थियाे।
दुई उद्याेग वाणिज्य संघका बिचअनुभव आदानप्रदानका साथै संघहरुले गरेका विभिन्न गतिविधिहरुको बारेमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा सहभागी ब्यावसायीहरुकाे टाेली र वालिङ उद्याेग वाणिज्य संघका पदाधिकारी एवं ब्यावसायीहरुले आ–आफ्नो संघका गतिविधिहरु र समसामयीक तथा ब्यवसायीक समस्याहरुको बारेमा भनाइ राख्नुभएकाे थियाे।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाायण श्रेष्ठले हाम्रो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले न्युन विजकीकरण लगायतका ब्यवसायीका कतिपय साझा समस्याहरु समाधानमा उल्लेखनीय भूमिका खेल्नुपर्ने कुरा ब्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय गोकुल श्रेष्ठले नेउवामहासंघमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका समस्याहरुलाई जोडदार रुपमा उठान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
दुई उद्याेग वाणिज्य संघका पदाधिकारी एवं ब्यावसायीहरुले हाेली पर्व समेत परेकाेले एक आपसमा रंग दलेर हाेली पर्व समेत मनाएका थिए।

ताजा
नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक
२०८२ मंसिर २१ गते, आईतवार
नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक
२०८२ मंसिर २१ गते, आईतवार
प्रथम वालिङ सडक खाना महोत्सव सुरु
२०८२ मंसिर १७ गते, बुधबार
सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो
२०८२ मंसिर १७ गते, बुधबार
More than legends: How folk tales bind past and present
२०८२ मंसिर १६ गते, मंगलवार
नेपाल विचरणमा प्रेमिल चरा
२०८२ मंसिर १६ गते, मंगलवार
मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव
२०८२ मंसिर १६ गते, मंगलवार
वालिङमा सडक खाना महाेत्सव हुने
२०८२ मंसिर १५ गते, सोमबार
भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने
२०८२ मंसिर १३ गते, शनिबार
चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन
२०८२ मंसिर १२ गते, शुक्रबार





















