सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो

वालिङ, १७ मङ्सिर–स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी भुरुङचौकी माध्यमिक विद्यालयले जितेको छ । भुरुङचौकी माध्यमिक विद्यालयले १० स्वर्ण, ९ काश्य र २ रजत पदकसहित उपाधी जितेको हो । जीतसँगै भुरुङचौकी माध्यमिक विद्यालयले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी जामुनेडाँडा मावि दोस्रो भएको छ । जामुनेडाँडा माविले ६ स्वर्ण, ५ रजत र २ काश्य पदक ल्याएर दोस्रो स्थान हाँसिल गरेको हो । यस्तै बिरुवा मुनलाईट एकेडेमीले ५ स्वर्ण, ४ रजत र ४ काश्य पदकसहित तेस्रो भएको छ भने नवज्योति माविले ४ स्वर्ण, ३ रजत र ३ काश्य पदक प्राप्त गरी सान्त्वना स्थानमा चित्त बुझाएको छ । दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः २०, १५ र १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले स्थानीय स्तरका खेलकुद प्रतियोगिताहरु भ्विष्यका राष्टिय खेलाडीको मुख्य जग भएको बताउनुभयो । खेलले विद्यार्थीहरुलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने पर्यटन मन्त्री बस्यालले व्यक्त गर्नुभयो । यसैगरी भोलिका दिनमा पनि आ–आफ्नो रुची अनुसारको खेल खेलेर आफ्नो व्यक्तित्व विकासमा लाग्न आग्रह गर्दै उहाँले वधाई ज्ञापन गर्नुभयो । उपविजेता भएका विद्यार्थीहरुले आँफूलाई सुधार गर्दैजाँदा भोलि विजेता बन्न सकिने भएकाले धैर्यताका साथ खेललाई अनुशासित भएर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराकासाथ आज आईतबारदेखि ७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिभएको थियो ।
प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० र ३ हजार मिटर दौड प्रतियोगिता, १६०० र ४०० मिटर रिले दौड, सर्टफुट, ज्याब्लिङ थ्रो, लङलम्प, हाईजम्प र त्रिपल जम्पलगायतका खेलहरु भएका हुन् ।
गाउँपालिकाको ८ नम्वर वडाको भुरुङचौकीस्थित पुष्प खेलमैदानमा सञ्चालन गरिएको खेलकुद प्रतियोगिताको संयोजन भुरुङचौकी माध्यमिक विद्यालयले गरेको थियो । यही मङ्सिर १४ गते आइतबारदेखि सञ्चालित प्रतियोगिता स्थानीय खेलकुद समितिको आयोजनामा गरिएको हो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal