राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

वालिङ,२९ फागुन- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाले साहित्यकार देवी प्रसाद वनवासीलाई सम्मान गरेको छ । प्रतिष्ठानले २४ औं स्थापना दिवसको अवसरमा बिहीबार वालिङमा  सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रममा वनवासीलाई सम्मान पत्र सहित  दोसल्ला ओडाएर सम्मान गरिएको हो । 

नेपाली लोक साहित्य र संस्कृति संवद्र्धनको क्षेत्रमा निरन्तर अन्वेषण र प्रकाशन गरी संस्कृतिको विकासमा प्रोत्साहित गर्नुभएकाले सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी र डा. अच्युत शरण अर्यालले तयार पार्नुभएको ‘आँधीखोले लोकगीतका साधकहरू’ शिर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । संस्थापक जिटीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा स्याङ्जेली अग्रज लोक गायकहरू चन्द्र बहादुर  सेन मसाने, चन्द्रकान्त पाण्डे पाँडे बा, चेतन कार्की, कुलबहादुर राना, डिलबहादुर श्रेष्ठ, राजेन्द्र लम्साल र रत्न बानियाँको संक्षिप्त परिचय र उहाँहरूले लोकगीत क्षेत्रमा पु¥याएको योगदानका विषय चर्चा गरिएको छ । फोटो प्रदर्शनीमा आँधीखोले लोकगीतका अग्रज साधकहरुको संक्षिप्त परिचय, गायन तथा लेखन कृति एवम् योगदानका विषयसहितको फोटो प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव शिव हमालले लोक तथा दोहोरी क्षेत्रमा योगदान दिने अग्रजहरुको कारण आज धेरै कलाकर्मीलाई व्यावसायी बन्ने अवसर प्राप्त भएको बताउनुभयो । अग्रजहरुको सम्झनासँगै सम्मान दिनु भनेको लोक संस्कृतिको सम्मान र सम्वद्र्धन गर्नु हो । त्यसैले अग्रज स्रष्टा तथा साधकहरु सधै सम्मानयोग्य रहेको महासचिव हमालले औंल्याउनुभयो । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा अग्रजहरुको फोटो प्रदर्शनीसहित लोकगीत र लोकगीतका साधकहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु सराहनीय रहेको उहाँले व्यक्त गर्नुभयो ।

साथै महासचिव हमालले नेपाली लोक तथा दोहोरीगीतले विदेशीहरुलाई पनि निकै आकर्षित गरेको बताउनुभयो । विशेषगरी दोहोरीगीतको लयात्मक सवाल जवाफ हाम्रो आफ्नोपन हो । यसले विदेशी नागरिकहरुलाई मनोरञ्जनसँगै अनुसन्धानमासमेत लाग्ने गराएको छ । आज धेरै विदेशीहरुले लोकगीतको मौलिकतासँगै दोहोरीगीतको अध्ययन अनुसन्धानमा लागेका महासचिव हमालले उल्लेख गर्नुभयो ।

संस्थापक जिटीले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि साहित्यकार अनन्त अर्याल र मिलन समीरले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजाल, अन्वेशकहरुको तर्फबाट विश्व प्रेम अधिकारी, पत्रकारहरुको तर्फबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुली, प्रतिष्ठान स्याङ्जाका पूर्व अध्यक्ष अर्जुन गैह्रेले अग्रजहरुको खोजी गरी उनीहरुको योगदान र लोकगीत सम्बन्धी कार्यपत्र प्रस्तुति ऐतिहासिक कार्य भएको बताउनुभएकाे थियाे ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम

२०८२ असार ३ गते, मंगलवार

गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड

२०८२ असार ३ गते, मंगलवार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal