राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

वालिङ,२९ फागुन- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाले साहित्यकार देवी प्रसाद वनवासीलाई सम्मान गरेको छ । प्रतिष्ठानले २४ औं स्थापना दिवसको अवसरमा बिहीबार वालिङमा  सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रममा वनवासीलाई सम्मान पत्र सहित  दोसल्ला ओडाएर सम्मान गरिएको हो । 

नेपाली लोक साहित्य र संस्कृति संवद्र्धनको क्षेत्रमा निरन्तर अन्वेषण र प्रकाशन गरी संस्कृतिको विकासमा प्रोत्साहित गर्नुभएकाले सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी र डा. अच्युत शरण अर्यालले तयार पार्नुभएको ‘आँधीखोले लोकगीतका साधकहरू’ शिर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । संस्थापक जिटीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा स्याङ्जेली अग्रज लोक गायकहरू चन्द्र बहादुर  सेन मसाने, चन्द्रकान्त पाण्डे पाँडे बा, चेतन कार्की, कुलबहादुर राना, डिलबहादुर श्रेष्ठ, राजेन्द्र लम्साल र रत्न बानियाँको संक्षिप्त परिचय र उहाँहरूले लोकगीत क्षेत्रमा पु¥याएको योगदानका विषय चर्चा गरिएको छ । फोटो प्रदर्शनीमा आँधीखोले लोकगीतका अग्रज साधकहरुको संक्षिप्त परिचय, गायन तथा लेखन कृति एवम् योगदानका विषयसहितको फोटो प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव शिव हमालले लोक तथा दोहोरी क्षेत्रमा योगदान दिने अग्रजहरुको कारण आज धेरै कलाकर्मीलाई व्यावसायी बन्ने अवसर प्राप्त भएको बताउनुभयो । अग्रजहरुको सम्झनासँगै सम्मान दिनु भनेको लोक संस्कृतिको सम्मान र सम्वद्र्धन गर्नु हो । त्यसैले अग्रज स्रष्टा तथा साधकहरु सधै सम्मानयोग्य रहेको महासचिव हमालले औंल्याउनुभयो । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा अग्रजहरुको फोटो प्रदर्शनीसहित लोकगीत र लोकगीतका साधकहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु सराहनीय रहेको उहाँले व्यक्त गर्नुभयो ।

साथै महासचिव हमालले नेपाली लोक तथा दोहोरीगीतले विदेशीहरुलाई पनि निकै आकर्षित गरेको बताउनुभयो । विशेषगरी दोहोरीगीतको लयात्मक सवाल जवाफ हाम्रो आफ्नोपन हो । यसले विदेशी नागरिकहरुलाई मनोरञ्जनसँगै अनुसन्धानमासमेत लाग्ने गराएको छ । आज धेरै विदेशीहरुले लोकगीतको मौलिकतासँगै दोहोरीगीतको अध्ययन अनुसन्धानमा लागेका महासचिव हमालले उल्लेख गर्नुभयो ।

संस्थापक जिटीले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि साहित्यकार अनन्त अर्याल र मिलन समीरले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजाल, अन्वेशकहरुको तर्फबाट विश्व प्रेम अधिकारी, पत्रकारहरुको तर्फबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुली, प्रतिष्ठान स्याङ्जाका पूर्व अध्यक्ष अर्जुन गैह्रेले अग्रजहरुको खोजी गरी उनीहरुको योगदान र लोकगीत सम्बन्धी कार्यपत्र प्रस्तुति ऐतिहासिक कार्य भएको बताउनुभएकाे थियाे ।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal