प्रथम वालिङ सडक खाना महोत्सव सुरु

वालिङ,१७ मङ्सिर– वालिङमा प्रथम वालिङ सडक खाना महोत्सव सुरु भएको छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय उत्पादन वृद्धि हाम्रो चाहना” भन्ने नाराका साथ आजबाट सुरु भएकाे महाेत्सवमा बिभन्न जातजातिका संस्कार अनुसारका खानाका स्टलहरु रहेका छन्।

स्थानिय खानाका परिकारकाे प्रवर्द्धन गर्ने उद्देश्यले आयाेजना गरिएकाे महाेत्सवकाे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले उद्घाटन गर्नुभयाे। उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख जिटीले स्याङ्जाको केन्द्रमा रहेको वालिङ नगरपालिकाले सीमित स्रोत र साधनका बाबजुत पनि नमुना कार्यहरु गर्दै आएको बताउनुभयो ।

पछिल्लो समय नागरिकहरुमा भाषण प्रति भन्दा मनोरञ्जन र खेलकुदमा बढी आकर्षण हुने भन्दै वालिङ नगरपालिकाले समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै नागरिकको मन जित्ने प्रयास गरेको प्रमुख जिटीकाे भनाई थियाे।

कार्यक्रममा नगरप्रमुख कृष्ण खाँंणले सडक खाना महोत्सवले यहाँका नागरिकलाई फरकपन दिने प्रयास गरेको र स्थानिय तथा रैथाने स्वाद र उत्पादन बिक्रि गर्ने थलोको रुपमा विकास गर्न खोजिएको बताउनुभयो । 

वालिङलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमासमेत मेला महोत्सवका माध्यमबाट चिनाउने काम भएको र त्यसमा अर्को एक इट्टा थप्ने प्रयास स्वरुप सडक खाना महोत्सवको आयोजना गरिएको नगर प्रमुख खाँणले बताउनुभयाे । उहाँले यो सडक महोत्सवलाई सफल पार्न विभिन्न संघ संस्था तथा नगरबासीको साथ र सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह्रेले आधुनिक जीवनशैलीका कारण परम्परागत खाना तथा अर्गानिक उपजहरु ओझेलमा पर्ने अवस्था आएकाेले जीवनशैली र खानाको प्रवर्द्धन गर्नका लागि सडक खाना महोत्सवको आयोजना गरिएको बताउनुभयाे।

महोत्सवको पहिलो दिनमा विभिन्न विद्यालय तथा समूहहरुले आफ्ना नृत्य राखेका थिए भने चर्चित गायक श्याम राना, जगत गौडेल, तारा पौडेल, बत्तिकुमारी थापा, सम  बस्यालका प्रस्तुति दर्शकहरुलाई निकै रमाइलो गराएको थियो । 

यसैगरी भोलि १८ गते राष्ट्रिय कलाकारहरु राजु गुरुङ, सुनिता नेपाली, रविना गुरुङ तथा राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी विभिन्न विद्यालयहरु र स्थानीय व्याण्डहरुको प्रस्तुतिहरु पनि रहने छन् ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal