भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने
वालिङ,१३ मङ्सिर-भीरकोट नगरपालिका ६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।
विद्यालय स्थापनाको ५०औं वर्षको अवसरमा विद्यालयले यही आउदो माघ १२ देखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको हो । २०३३ सालमा स्थापना भएको विद्यालयले हालसम्म भएका विद्यालय निर्माण, आर्थिक सहयोग संकलन, भौतिक निर्माण, शैक्षिक उन्नयनमा भएको योगदान र कार्यको अभिलेखीकरण गर्दै शिक्षक, विद्यार्थीको अभिलेखका साथ विद्यालय संवद्ध लेख रचना सहितको संग्रह स्मारिका समेत प्रकाशन गर्नुका साथै स्वर्ण स्मारक स्तम्भ निर्माण गरिने बताइएकाे छ।
कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा १८ महिने कृषि बाली विज्ञान समेत अध्यापन हुँदै आएको छ भने कक्षा १० का विद्यार्थीहरुलाई आवसिय कक्षा समेत संचालन गर्दै आएको छ ।
स्वर्ण महोत्सव सम्पन्न गर्न २० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । स्वर्ण महोत्सव गर्न भीरकोट नगरपालिका निर्वतमान नगरप्रमुख छायाराम खनालको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरि कार्य अगाडि बढाईएको छ । शुक्रबार गरिएको पत्रकार सम्मेलनमा स्वर्ण महोत्सवका बारेमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संयोजक खनालले जानकारी गराउनुभएको थियो ।
ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















