नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

वालिङ,२१ मङ्सिर- गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्यलाई राज्यले पहिलो प्राथामिकता दिएको बताउनुभएको छ । आइतबार स्याङ्जाको बिरुवा गाउँपालिका ६ चिन्नेबासमा आधारभूत अस्पताल भवनको उद्दघाटन गर्दै मन्त्री पाठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एक पालिका एक अस्पतालको अवधारणा अनुसार देशका विभिन्न पालिकाहरुमा अस्पताल निर्माण भएर सञ्चालनमा समेत आएकाे बताउनुभयाे।

बिरुवामा अस्पताल भवन निर्माण संगै यहाँ दक्ष जनशक्ति र प्राविधिक उपकरण समेतको व्यवस्था गरिने भएकाले अस्पतालमा १ जना पालिकाले र १ जना प्रदेशले दरबन्दीमा चिकित्क पठाउने मन्त्री पाठकले बताउनुभयो । ३ तहको सरकारको पोलिसि रहेको मुलुकमा स्थानीय सरकारलाई प्रदेश सरकारले दक्ष जनशक्ति, औषधि तथा उपकरणहरुको व्यवस्थापन प्रदेश तहको सरकारले व्यवस्था गर्ने मन्त्री पाठकले बताउनुभयो ।

पछिल्लो समय नेपालमा नसर्ने रोग बढेका कारण प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरेर समुदायस्तरमा पुगेर स्क्रिनिङ गर्ने र नसर्ने रोगबाट बच्नका लागि नागरिकलाई सचेत बनाउने बताउनुभयो । नागरिकको स्वास्थयलाई ध्यानमा राख्दै आफ्नो कार्यकालमा १३ अस्पतालको स्तरोन्नति गरिएको बताउँदै आयुर्वेद उपचारलाई समेत प्रदेशले उत्तिकै चासोका साथ काम गरिरहेको मन्त्री पाठकले बताउनुभयो । वर्तमान समय निकै असहज परिस्थितिमा रहेको भन्दै मुलुकमा संघिय गणतन्त्रको स्थापना पछि धेरै विकास निर्माणका कार्यहरु भएको मन्त्री पाठकले बताउनुभयो ।

६ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको अस्पताल १० शैयाको रहेको छ । अस्पतालमा मेडिकल अफिसर सहित १६ जना कर्मचारी रहनेछन् । अस्पताल सामाजिक विकासमा लागि सहयोग हात संस्थाले १ करोड ७४ लाख ८० हजारको लागतमा निर्माण गरिएको हो । अस्पतालबाट हरिनास गाउँपालिका सहित चापाकोट नगरपालिकाका नागरिकले पनि सेवा लिनेछन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुँवरले उपचारको लागि टाढा टाढा धेरै पैसा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै नागरिकको स्वास्थय पालिकाको पहिलो प्राथामिकता रहेको बताउनुभयो ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal