चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन
काठमाडौं,१२ मङ्सिर- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।
निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र निकट भविष्यका योजनामाथि विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालनको योजना, संरचना र समन्वय प्रक्रियाबारे पनि विस्तृत प्रस्तुतीकरण गरेको जनाएको छ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो।
उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले निर्वाचन सुरक्षा सुदृढीकरणका लागि दिनुभएका निर्देशनहरू :
- जनताको सुरक्षाको प्रत्याभूति दिने तथा प्रहरी कारबाहीका गतिविधिलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने वातावरण बनाउन स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न निर्देशन।
- चुनावमा एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नपर्ने लक्ष्यसहित विगतका अनुभव र आसन्न परिस्थितिको विश्लेषण गरी सबै सुरक्षा निकायबीच समन्वयात्मक, त्रुटिरहित र संवेदनशीलतामुखी ढङ्गले काम गर्न आग्रह।
- जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी र नियन्त्रणमा सुरक्षा निकायसँग सहकार्य गर्दै फरार अभियुक्त पक्राउ गर्न कुनै कमी–कसर नछोड्न आदेश।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।गोप
ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















