पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
गोपाल जिटी
वालिङ,१ चैत– वालिङमा यही फागुन २१ देखि प्रथम पिङ्कसिटी महोत्सव—२०८१ चलिरहेको छ । महोत्सवको थप आकर्षणकोरुपमा भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । फागुन २६ देखि भलिबल प्रतियोगिताको भोलि शनिबार सेमिफाइनलका खेलहरु हुनेछन् । लिग सिस्टममा खेलाईएको पालिकास्तरीय भलिबल प्रतियोगितामा भोलि शनिबार सेमिफाइनलका खेलहरु हुने भएका हुन् । ६ वटा पालिकाले भाग लिएकामा चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको समूह बाहिरिएका छन् भने वालिङ, गल्याङ, बिरुवा र भीकोट सेमिफाइनलमा पुगेका हुन् । आज भएको पहिलो खेलमा गल्याङले वालिङलाई र बिरुवाले भीरकोट माथि जीत निकालेका छन् । लिग सिस्टममा खेलाइएकाले अङ्कभारका आधारमा गल्याङसँग भीरकोट र वालिङसँग बिरुवाको टीमले शनिबार सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलाडीहरुसमेतको सहभागिता रहेको भलिबल प्रतियोगितामा दर्शकहरु निकै आकर्षित भएका छन् । प्रतियोगिता पसिरमा निर्माण गरिएको प्यारापिट दर्शकहरुले भरिभराउ हुने गरेको छ ।
विगतका वर्षदेखि नै वालिङमा सञ्चालन गरिने मेला महोत्सवमा दर्शकहरुको आगमन राम्रो हुने विशेषता छ । यस पटक चेम्वर अफ कमर्श वालिङले आयोजना गरेको पिङ्कसिटी महोत्सवमा पनि सुरुका दिनदेखि नै दर्शकहरुको उल्लेख्य उपस्थिति हुदै आएको छ । आज दशौं दिन पनि दर्शकहरुले उत्साहकासाथ सहभागिता जनाए ।
विभिन्न प्रतियोगितात्मक कार्यक्रमको साथमा महोत्सवको स्टेज कार्यक्रममा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको छ । खेम सेनचुरी, शङ्कर बिरही गुरुङ, पार्वत जिसीलगायतका राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई निकै रमाइलो गराएको थियो भने व्याक टु नाइन्टिजको कन्सर्टले युवा दर्शकहरुलाई भरपूर मनोरञ्जनसहित झुमाएको थियो ।
भलिबलको सेमिफाइनलका खेलसँगै भोलि शनिबारको स्टेजका आकर्षणमा राष्ट्रिय कलाकारहरुमा बद्रि पङ्गेनीकोसाथमा घनश्याम रिजाल, पछिल्लो समयकि चर्चित शान्तारानी परियार, आशा विसी, सुनिता नेपालीलगायतको प्रस्तुति रहने छ भने पप आधुनिकमा सञ्जिवसिंको उपस्थिति रहने छ ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसैगरी विधागतरुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गनिने आयोजकले जनाएको छ ।

ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















