वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालय द्वारा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण
वालिङ,२ भदौ- वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालयले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरुको सहजताको लागि वडा कार्यालयले टोलटोलमेै गएर नविकरण गरिएको वडा सचिव पदमप्रसाद पराजुलीले बताउनुभयो । जेष्ठ नागरिकका साथै शारीरिक रुपमा अश्क्त भएका सेवाग्राहीहरुलाई कार्यालयमा आउन समस्या हुने भएकोले उहाँहरुलाई पायक पर्ने ठाउँमा गएर नविकरण गरिएको सचिव पराजुलीको भनाइ छ ।
वडा बाट प्रदान गरिने सेवाहरुलाई सहजरुपमा वडा बासिहरुलाई प्रदान गर्न वडा कार्यालय लागि परेको वडा अध्यक्ष विश्वजं गुरुङले बताउनुभयो ।
वडा भित्र मात्रै नभएर वडा नम्बर १३ को झलुङे बजार र वालिङ बजारमा बस्दै आएका वडा बासिहरुलाई समेत सोही ठाउँमा पुगेर सेवा दिएको सचिव पराजुलीले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ताको नविकरणका साथै स्वास्थ्य परिक्षण समेत गरिएको थियो भने ५८६ जना लाभग्राही रहेको वडा कार्यालले जनाएको छ । वडालाई १० ओटा टोलमा विभाजन गरेर कार्यालयले सेवा दिदै आएको छ । गाउँघरका साथै आफ्नै टोलमा सेवा लिनपाएपछि लाभग्राही एवं जेष्ठ नागरिकहरुको अनुहारमा खुसि छाएको थियो ।