भेषजराज साहित्य प्रतिष्ठानद्वारा रचना वाचन

वालिङ,१३ माघ–भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको नियमित रचना वाचनको ६९औँ श्रृखला वालिङ ८ भिमटारीमा रहेको पिरामिड कुटीमा सम्पन्न भएको छ ।
प्रतिष्ठानले हरेक महिना फरक फरक स्थानमा पुगेर साहित्य प्रतिभालाई उजार गर्ने उद्देश्यले रचना वाचन कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रह्लाद अर्यालले साहित्य समाजको ऐना भएको बताउदै साहित्यले समाज परिर्वतनमा ठुलो भुमिका खेल्दै आएको बताउनुभयो । साथै प्रतिष्ठानले आयोजना गर्ने रचना वाचन श्रृंखलाले नव प्रतिभा उजागर गर्दै साहित्यको संरक्षण तथा संर्वद्धन हुने अर्यालले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, सदस्य चोलाकान्त अर्याल, प्रतिष्ठानका सल्लाहकार डा.अच्युतशरण अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कमल बगाले, दमकुमारी बगाले, लक्ष्मी रेग्मी, शान्ता थापालगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार