स्याङ्जा डान्स आईडलमा १५ जनाले प्रतिस्पर्धा गर्ने

वालिङ,१३ माघ–वालिङ महोत्सवको आर्कषणको केन्द्र मानिएको स्याङ्जा डान्स आईडलमा सहभागी हुनका लागि १५ जना छनोट भएकाछन् । सांस्कृतिक एवं विभिन्न प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालका अनुसार ६२ जना मध्यबाट १५ जना स्याङ्जा डान्स आईडल सिजन ३ का लागि छनोट भएका हुन् ।
११ सदस्यीय सांस्कृतिक एवं विभिन्न प्रतियोगिता व्यवस्थापन उपसमितिले डान्स आईडलका लागि पहिलो चरण सम्पन्न गरेको छ । छनोट भएका १५ जनाले स्याङ्जा डान्स आईडल सिजन ३ का लागि यही माघ १८ गतेदेखि प्रतिस्पर्धा गर्नेछन् । साथै रत्यौली गीत प्रतियोगिता, भजन चुड्का प्रतियोगिताका लागि विभिन्न समुहहरुले आफ्नो समुह दर्ता गराएको समितिले जनाएको छ ।
वालिङ महोत्सव सांस्कृतिक परम्परात गीत तथा नृत्यहरुको संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि कोशे ढुंगा सावित हुने संयोजक अर्यालले बताउनुभयो । साथै महोत्सव अवधिभर विभिन्न विद्यालयका समुहगत नृत्य समेत प्रर्दशनी गरिने उहाँले बताउनुभयो ।

ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार