वालिङमा एकैसाथ दुई कृति लाेकार्पण

वालिङ,९मङ्सिर- वालिङमा शनिबार एकैसाथ दुई साहित्यिक कृतिकाे लाेकार्पण गरिएकाे छ।

स्याङ्जाली युवा साहित्यकार शम्भु अर्याल र मिलन समीर द्वारा लिखित दुई साहित्यिक कृतिको एकैसाथ लोकार्पण गरिएको हाे। 

साहित्यकार अर्यालको “मौन आवाज” र समीरको “मिलन समीर र मिलन समीरहरू ” वालिङमा आयोजित एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो। दुबै साहित्यिक कृतिको लोकार्पण साहित्यकारहरू श्री ओम श्रेष्ठ “रोदन” , विवश पोख्रेल र दुवै श्रष्ठाका आमाहरूले संयुक्त रूपमा गर्नुभएको थियो।

वालिङ नगर प्रमुख कृष्ण खाँणले नयाँ कृति प्रकाशन गर्न सफल स्याङ्जाली स्रष्टाहरूलाई शुभकामना र बधाई व्यक्त गर्दै स्रष्टाहरू साहित्य, समाज र राजनीतिलाई समेत दिशानिर्देश गर्ने तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो।

सर्जक शम्भु अर्यालको आत्मपरक निर्बन्ध संग्रह “मौन आवाज” माथि साहित्यकार अनन्त अर्यालले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो। ३३ वटा निजात्मक र आत्मपरक शैलीका निबन्धहरू समेटीएको “मौन आवाज” कृतिमा समाजको यथार्थता, मानवता र आत्मपरकता पाइने साहित्यकार एवं समीक्षक अर्यालकाे भनाइ थियाे भने

समीक्षक कुमार रानाले मिलन समीरको नविनतम काव्य कृति ” मिलन समीर र मिलन समीरहरू ” कृति माथि समीक्षा गर्नुभएको थियो। यथार्थवादी कवि समीरका कविताहरूमा देश र समाजको वर्तमान परिवेशप्रति गुनासा, व्यथा , विद्रोह र व्यङ्ग्य , समाजको प्रश्न संस्कृती सँगसँगै समाज, देश असल बनोस् भन्ने आसय व्यक्त गरिएको समीक्षक रानाको भनाइ थियो।

वालिङ प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको “कृति लोकार्पण , विमर्श एवम् स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा” सहभागिहरुले कविता, गजल लगायतका रचनाहरु वाचन गरेका थिए। कार्यक्रममा स्थानेश्वर अर्याल स्मृती साहित्यिक पुरस्कारद्वारा मोरङका साहित्यकार विवश पोख्रेललाई सम्मान गरिएको गरिएको थियो।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal