खेल चलिरहँदा हेलिकप्टर अवतरणगर्ने पाईलट र यात्रुलाई कारबाहीको माग
कला राना
वालिङ,६ माघ- बिहीबार वालिङमा खेल भईरहँदा मानवीय जोखिम हुने तथा खेल प्रभावित पारेर अनुमति बिना हेलिकप्टर अवतरण गराईएको भन्दै पाईलट र यात्रुलाई कारबाही गर्न आयोजकले माग गरेको छ ।
वालिङ युनाईटेड क्लद्वारा जारी राष्ट्रिय स्तरको वालिङ गोल्ड कपको बिहीबार सेमिफाईनलको खेल भईरहँदा अचानक हेलिकप्टर अवतरण गराईएको थियो । हेलिकप्टरमा कोही पनि अतिथि, अफिसियल सामग्री वा आयोजकसंग सम्बन्धीत कोही व्यक्ति नभएको साथै हेलिकप्टर अवतरणका लागि स्थानीय प्रशासन सम्बन्धीत निकाय तथा आयोजकलाई कुनै सूचना बिना आकस्मिक अवतरण गर्नुपर्ने कुनै पनि अवस्था नहुँदा पनि अवतरण गराईएको भन्दै आयोजक क्लबले विज्ञप्ति जारी गर्दै पाईलट र यात्रुलाई कारबाहीको माग गरेको हो ।
क्लबका अध्यक्ष एलबि ज्वारचनका अनुसार खेल भईरहँदा बिना अनुमति दादागिरी शैलिमा हेलिकप्टर अवतण गराई खेल प्रभावित पार्ने खेलाडि तथा दर्शकको जीउ ज्यानको समेत जोखिम हुने गरी भएको कार्यप्रति आयोजक गम्भीर भएको छ ।
बिना जानकारी हेलिकप्टर अवतरण गराईएको भन्दै परिचय नखुल्ने पोशाकमा रहेका पाईलट तथा यात्रु र आक्रोशित दर्शकहरुबीच भनाभन हुँदा हातपात समेत भएको घटनाप्रति आयोजकले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । मानवीय क्षति गराउने नियतले हेलिकप्टर अवतरण गर्ने पाईलट र अत्याधिक मादक पदार्थ सेवन गरी सवार यात्रुहरुलाई छानबिन गरी कानुन बमोजिम कारबाहीको माग आयोजकले गरेको छ ।
उक्त घटना भएपछि आयोजकले पाईलट रनेश डंगोल, यात्रु वालिङ ९ का विनोद गैह्रे, खिमबहादुर थापा र वालिङ १० का शुसिल गिरीलाई छानबीन गरी कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।
ताजा
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार





















