खेल चलिरहँदा हेलिकप्टर अवतरणगर्ने पाईलट र यात्रुलाई कारबाहीको माग
कला राना
वालिङ,६ माघ- बिहीबार वालिङमा खेल भईरहँदा मानवीय जोखिम हुने तथा खेल प्रभावित पारेर अनुमति बिना हेलिकप्टर अवतरण गराईएको भन्दै पाईलट र यात्रुलाई कारबाही गर्न आयोजकले माग गरेको छ ।
वालिङ युनाईटेड क्लद्वारा जारी राष्ट्रिय स्तरको वालिङ गोल्ड कपको बिहीबार सेमिफाईनलको खेल भईरहँदा अचानक हेलिकप्टर अवतरण गराईएको थियो । हेलिकप्टरमा कोही पनि अतिथि, अफिसियल सामग्री वा आयोजकसंग सम्बन्धीत कोही व्यक्ति नभएको साथै हेलिकप्टर अवतरणका लागि स्थानीय प्रशासन सम्बन्धीत निकाय तथा आयोजकलाई कुनै सूचना बिना आकस्मिक अवतरण गर्नुपर्ने कुनै पनि अवस्था नहुँदा पनि अवतरण गराईएको भन्दै आयोजक क्लबले विज्ञप्ति जारी गर्दै पाईलट र यात्रुलाई कारबाहीको माग गरेको हो ।
क्लबका अध्यक्ष एलबि ज्वारचनका अनुसार खेल भईरहँदा बिना अनुमति दादागिरी शैलिमा हेलिकप्टर अवतण गराई खेल प्रभावित पार्ने खेलाडि तथा दर्शकको जीउ ज्यानको समेत जोखिम हुने गरी भएको कार्यप्रति आयोजक गम्भीर भएको छ ।
बिना जानकारी हेलिकप्टर अवतरण गराईएको भन्दै परिचय नखुल्ने पोशाकमा रहेका पाईलट तथा यात्रु र आक्रोशित दर्शकहरुबीच भनाभन हुँदा हातपात समेत भएको घटनाप्रति आयोजकले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । मानवीय क्षति गराउने नियतले हेलिकप्टर अवतरण गर्ने पाईलट र अत्याधिक मादक पदार्थ सेवन गरी सवार यात्रुहरुलाई छानबिन गरी कानुन बमोजिम कारबाहीको माग आयोजकले गरेको छ ।
उक्त घटना भएपछि आयोजकले पाईलट रनेश डंगोल, यात्रु वालिङ ९ का विनोद गैह्रे, खिमबहादुर थापा र वालिङ १० का शुसिल गिरीलाई छानबीन गरी कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।
ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















