व्यावसायीलाई धैर्यरहन पूर्व अर्थमन्त्री डा. खतिवडाको आग्रह


वालिङ,२८ पुस– राष्ट्रबैंकका पूर्व गभर्न एवं पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले व्यावसायीहरुलाई धैर्यरहन आग्रह गर्नुभएको छ । बिहीबार वालिङमा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले अहिले व्यावसायीहरु आर्थिक समस्यामा परेपनि यो अवस्था लामो समय सम्म नरहने भन्दै हतास नहुन आग्रह गर्नुभएको हो ।

व्यावसायीहरु बैंक तथा वित्तिय संघसस्थाहरुले चर्को ब्याजदर लगाएर व्यावसायीहरुले धान्न नसक्ने अवस्था आएको बताउदै व्यावसायीहरुको मर्काका बारेमा सम्बन्धित निकायमा कुरा पुर्याइदिन आग्रह गरेका थिए । व्यावसायीहरुको समस्याका बारेमा लामो समय सम्म व्यावसायीहरुका गुनासा सुनिसकेपछि उहाँले राज्यले जनताको समस्या राम्रो संग बुजेर समस्या समाधान गर्ने तर्फ अग्रसर हुनुपर्ने बताउदै आफुले व्यावसायीहरुको समस्याका बारेमा समस्या समाधान गर्नको लागि पहल गर्ने बताउनुभयो ।

वालिङ उद्योग वाणिज्य संघ र ऋण उपभोक्ता समस्या सहजीकरण समिति स्याङ्जाको आयोजनामा वालिङमा भएको कार्यक्रममा डा. खतिवडाले सोकुरा बताउनुभएको हो । बैंकको ब्याजदर चरको भएकोले लगानीकर्ता उत्साहित हुन नसकेको बताउदै अर्थतन्त्र अप्ठेरो अवस्थामा भएकोले जग्गाको वर्गीकरण जति सक्दो छिटो सकेर कित्ताकाट खोलेको अवस्थामा कारोबारले गति लिने र अर्थतन्त्रमा चलायमान हुने बताउनुभयो ।

कार्यक्रममा सहभागि व्यापारीहरुले दोब्बर व्याजदर बढ्नुका साथै आर्थिक मन्दीका कारण व्यापार व्यवसाय समेत उचित रुपमा चलायमान नहुँदा व्यावसायीहरु आत्मदाहा गर्नुपर्ने अवस्थामा आईपुगेको भन्दै यसप्रति राज्य गम्भीर हुनुपर्ने बतएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश पोखराका निर्देशक रामशरण खरेल, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य दिपक लम्साल लगायतले अहिलेको आर्थिक गतिविधिलाई चलायमान बनाउन यो कार्यक्रम फलदायी हुने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले व्यापारी एवं व्यावसायीहरुको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal