गल्याङ नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


गल्याङ,२९ पुस– नगरपालिकाले प्रबाहगर्ने सेवा सुविधाका विषयमा प्रथम चौमासिक सार्वजनिक सुनुवाईसम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को प्रथम चौमासिक अवधिमाभए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित नगरपालिकाले गल्याङ स्थित सिटीहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

नगरप्रमुख गुरुप्रसाद भट्टराईले समग्र नगरपालिकाको विकासका लागि योजना बद्ध रुपमा काम गर्ने बताउनुभयो । नगरको विकासको लागि बसपार्क निर्माण गर्नुका साथै खेल मैदान, समृद्ध नगर निर्माणका लागि आवश्यक पर्ने पुर्वाधारको विकासमा सक्रियताका साथ लागेको बताउनुभयो । किसानको खती बालीमा बारले पुर्याएको समस्याका बारेमा समाधानमा लाग्ने बताउदै एक घर एक धारा अभियान सञ्चालन गर्ने नगरप्रमुख भट्टराईको भनाइ थियो ।

स्वास्थ्यविमा संगै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, स्थानीय सञ्चारमाध्यमलाई अनुदान जस्ता कार्यमाआफूले ध्यानदिएको नगरप्रमुख गुरुप्रसाद भट्टराइले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले गल्याङ नगरपालिकाको सेवालाई सेवाग्राहीहरुको हितमा हुने गरी काम गर्न सबैको सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाभित्र रहेका विभिन्नखाले समस्याहरुलाई यथार्थ रुपमाबाहिर ल्याएर समृद्ध नगरपालिकाबनाउने अभियानमा टेवा पु¥याउन आग्रहगर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमको प्रभावकारीता, कृषिउत्पादन, किताकाट, बन्यजन्तुको संरक्षण,यातायातखानेपानी तथा सरसफाई, बजार व्यवस्थापन, सञ्चार तथा बाटोघाटो कृषि बजारीकरण, धर्म संस्कार, नगरपालिकाको पहिचान, राजस्व संकलन लगायतका विषयमा गुनासो गरेका थिए ।

सार्वजनिक सुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ नगरप्रमुख गुरुप्रसाद भट्टराई र प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मालले दिनुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal