गल्याङ नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


गल्याङ,२९ पुस– नगरपालिकाले प्रबाहगर्ने सेवा सुविधाका विषयमा प्रथम चौमासिक सार्वजनिक सुनुवाईसम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को प्रथम चौमासिक अवधिमाभए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित नगरपालिकाले गल्याङ स्थित सिटीहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

नगरप्रमुख गुरुप्रसाद भट्टराईले समग्र नगरपालिकाको विकासका लागि योजना बद्ध रुपमा काम गर्ने बताउनुभयो । नगरको विकासको लागि बसपार्क निर्माण गर्नुका साथै खेल मैदान, समृद्ध नगर निर्माणका लागि आवश्यक पर्ने पुर्वाधारको विकासमा सक्रियताका साथ लागेको बताउनुभयो । किसानको खती बालीमा बारले पुर्याएको समस्याका बारेमा समाधानमा लाग्ने बताउदै एक घर एक धारा अभियान सञ्चालन गर्ने नगरप्रमुख भट्टराईको भनाइ थियो ।

स्वास्थ्यविमा संगै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, स्थानीय सञ्चारमाध्यमलाई अनुदान जस्ता कार्यमाआफूले ध्यानदिएको नगरप्रमुख गुरुप्रसाद भट्टराइले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले गल्याङ नगरपालिकाको सेवालाई सेवाग्राहीहरुको हितमा हुने गरी काम गर्न सबैको सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाभित्र रहेका विभिन्नखाले समस्याहरुलाई यथार्थ रुपमाबाहिर ल्याएर समृद्ध नगरपालिकाबनाउने अभियानमा टेवा पु¥याउन आग्रहगर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमको प्रभावकारीता, कृषिउत्पादन, किताकाट, बन्यजन्तुको संरक्षण,यातायातखानेपानी तथा सरसफाई, बजार व्यवस्थापन, सञ्चार तथा बाटोघाटो कृषि बजारीकरण, धर्म संस्कार, नगरपालिकाको पहिचान, राजस्व संकलन लगायतका विषयमा गुनासो गरेका थिए ।

सार्वजनिक सुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ नगरप्रमुख गुरुप्रसाद भट्टराई र प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मालले दिनुभएको थियो ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal