आश्रमा बस्दैआएका बृद्धबृद्धाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जले गर्यो स्वास्थ्य उपचार


वालिङ, १७ माघ– गल्याङ नगरपालिका १ राम्दीमा रहेको बृद्धाआश्रममा बस्दै आएका बृद्धबृद्धाको स्वास्थ्य परिक्षणका साथै उपचार गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जले आश्रममै पुगेर त्यहाँ बस्दै आएका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणका साथै उपचार गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जको चिकित्सक सहितको टोलीले शुक्रबार आश्रममा पुगेर ४५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार गरिएको गर्यो स्वास्थ्य उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जका प्रमुख चिकिकत्सक सुभद्रा कार्काीले जानकारी दिनुभयो ।
स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पौडेलले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै स्वास्थ्य अवस्थाका बारेमा देखिएका समस्या सहयोग पुर्याउनका लागि आश्रममा स्वास्थ्य परिक्षणको कार्यक्रम लिएर आएको बताउनुभयो । आफ्नै माटोमा उत्पादन भएका जडिबुटीबाट बनेको औषधीबाट सेवा प्रदान गर्ने उद्देश्यले जेष्ठ नागरिक आरोग्य सेवा केन्द्र कार्यक्रम लिएर आश्रममा आएको र आवश्यक सहयोग लागि नेपाल सरकार संग पहल गर्ने समेत अध्यक्ष पौडेलले बताउनुभयो ।

रहनसहन र खानपीनका बारेमा आश्रममा बस्दै आएका बृद्धबृद्धाहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक सुभद्रा कार्की लगायतको टोलीले परामर्श दिनुका साथै स्वास्थ्य परिक्षण समेत गर्नुभएको थियो । आयुर्वेदिक औषधीको सेवन र योगसाधनाका साथै ध्यानले मानिसमा एक प्रकारको शक्ति प्रदान गर्ने भएकोले अहिलेको परिवेशमा यस तर्फ सबैले ध्यान दिन आवश्क रहेको प्रमुख कार्कीले बताउनुभयो । आश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुलाई अस्पताल सम्म जान समस्या हुनेभएकोले आफुहरु आश्रममै पुगेर स्वास्थ्य उपचारका साथै आवश्क प्रामर्श समेत दिएको कार्कीले बताउनुभयो । आश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुलाई सेक ताप गर्नुका साथै औषधीय गुणभएको मालिश गर्ने तेल लगायतका औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जले जनाएको छ । शिवपार्वती आश्रमका साथै राम्दीका अन्य आश्रममा बस्दै आएका जेष्ठ नगरिकको स्वास्थ्य परिक्षणको लागि शिवपार्वती बृद्धा आश्रमका प्रबन्धक सुनिल श्रेष्ठले व्यवस्थापन गर्नुभएको थियो ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal