लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्याइने
प्युठान,१६ माघ– खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।
खानेपानी मन्त्रालयले त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्वारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्वारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पु¥याउने निर्णय गर्नुभएको हो ।
मन्त्रालयले स्वर्गद्वारीको खानेपानी समस्या समाधानका लागि यही वर्ष डिपिआर सक्ने समेत निर्णय गरेको छ । मन्त्री थापाले आगामी आर्थिक वर्ष नै बजेटको व्यवस्था गरी स्वर्गद्वारीमा रहेको खानेपानी समस्यालाई सधैँको लागि समाधान गर्ने प्रतिवद्वता जनाउनुभएको हो ।
स्वर्गद्वारीमा दैनिक तीन सयको हाराहारीमा धार्मिक पर्यटक पुग्नेगर्छन् । स्वर्गद्वारी आश्रममा करिब चार सय परिवारको बसोबास छ । स्वर्गद्वारी आश्रमले त्यहाँ ४ सय ६० वटा भन्दा बढी गाई पाल्दै आएको छ ।
पानीको अभावले मन्दिरको सरसफाईमा समेत समस्या पर्दै आएको थियो । यस्तै भत्तजनलाई खानेपानीको समस्या, त्यहाँ पालिएका गाईलाई समेत खानेपानीको अभाव हुँदै आएको थियो । यहीँ समस्या समाधानका लागि मन्त्री थापाले मन्त्रीस्तरिय निर्णयबाट माडी नदीको पानी लिफ्ट गरेर स्वर्गद्वारीको खानेपानी समस्या समाधान गर्ने निर्णय गर्नुभएको हो ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















