कृषकलाई सम्मान गर्नुपछ ः नगरप्रमुख खाँण

गोपाल जिटी
वालिङ,१९ असार– वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले राष्ट्रले कृषकको सम्मान गर्नुपर्ने बताउनु भएको छ । वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालीमको अवसरमा नगरप्रमुख खाँणले कृषकहरुको काम र कृषि पेशाको सम्मान बिदा देशको विकास हुन नसक्ने भएकोले सबैले कृषकहरुलाई सम्मान गर्नु पर्ने बताउनुभयो । वालिङ नगरपालिकाले आगामी दिनहरुमा कृषकलाई सम्मान तथा कृषि काममा प्रोत्साहन गर्न विशेष कार्यक्रमहरु ल्याउने नगरप्रमुख खाँणको भनाइ थियो ।

नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन र किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कुरालाई नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम समेटेको समेत जानकारी दिनुभयो । कृषिजन्य उत्पादनमा वृद्धि ल्याउनसके मात्रै समृद्धि संभव हुने समेत उहाँले बताउनुभयो । नेपालको पछिल्लो परिवेशमा शैक्षिक बेरोजगारको सङ्ख्या बढिरहेको अवस्थामा पशुपालन तथा कृषि व्यवसाय गरेर आर्थिक आम्दानी गर्न युवापुस्ता उद्धत हुनुपर्नेमा नगर प्रमुख खाँडले जोड दिनुभयो ।

नगरप्रमुख खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यस पटक कृषिमा बजेटको मात्रा बढाएकोसमेत जानकारी दिनुभयो । उहाँले तालीममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

तालीममा सहभागी पशुपालक कृषकहरुले समय समयमा तालीम तथा गोष्ठीको आयोजना गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । तालीम तथा सेमिनारहरुले व्यवसायिक सीपको विकास हुँदै उत्पादनमा पनि वृद्धि गर्न सकिने उनीहरुको सुझाव छ । असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal