गल्याङ नगरपालिकामा ४० प्रतिशत नागरिकलाई कोरोना खोप लगाइयो


जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिन नगरप्रमुख अधिकारीको आग्रह


गल्याङ,३१ भदौ– स्याङ्जाको गल्याङ नगरपालिकामा लक्षीत समुह मध्ये ४० प्रतिशत लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार गरेको वार्षिक समीक्षा कार्यक्रममा यो जानकारी दिइएको हो । समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पहिलो खोपको मात्रा नौ हजार चार सय ३७ जनालाई लगाइएको छ भने आठ हजार नौ सय ६२ जनालाई पूर्ण खोप लगाइएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा गरेको कामको समीक्षा गरिएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जनताको स्वास्थ्यमा कुनै किसिमको खेलवाड नगर्न आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो कुरा भएको भन्दै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ, शाखाले योजना बनाउनुस्, म जस्तो सुकै सहयोग गर्न पनि तयार छु ।’ उहाँले प्रदेश तथा केन्द्रका योजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र अधिकतम सेवामा लाग्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । स्थानीय सरकारबाट थप बजेट विनियोजन गरेर भए पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न आफु प्रतिबद्व रहेको उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले सुत्केरी महिला तथा बाल बालिकाको स्वास्थ्यमा बढि चासो दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्वास्थ्य सेवालाई पालिकाको कुना कुनामा रहेका जनतासम्म पु¥याउनुपर्ने बताउनुभयो । सरकारले तोकेका निशुल्क औषधीहरु वितरण तथा अन्य समस्यामा परेका विरामीहरुको उपचारका लागि क्रियाशिल रहन उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले भएका स्रोत साधनको उचित प्रयोग गर्ने र थप स्रोत साधनको खोजीमा क्रियाशिल हुने कार्यमा जुट्नुपर्ने बताउनुभयो । गल्याङ नगरपालिका युवा तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्यले किशोर किशोरी र विद्यार्थी माझ स्वास्थ्य जनचेतनाका कार्यक्रमहरु जोडेर ल्याउनुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाले अघिल्लो आर्थिक वर्षमा भन्दा यस वर्ष स्वास्थ्यका कार्यक्रममा सुधार भएको बताउनुभयो । नगरपालिका स्वास्थ्य शाखाले गरेको प्रगति विवरण पेश गर्दै तुलसीराम बरालले स्वास्थ्यका धेरै क्षेत्रमा सुधार गरिए पनि अझै तालिम र दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नुभएका सिनियर अहेब विपिन कोइरालाले नगरपालिका भित्रका स्वास्थ्य संस्थासँग समन्वय गरी अधिकतम सेवा दिन लागि परेको बताउनुभयो । वार्षिक समिक्षामा कोरोना भाइरस (कोभिड १९) को दोश्रो भेरियण्टका कारण नगरपालिकामा ४३ जनाको निधन भएको जानकारी दिइएको छ । नगरपालिकामा ३१ जना पुरुष र १२ जना महिलाको निधन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर ३ मा १३ जना र दोश्रोमा वडा नम्बर ११ मा १० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

ताजा

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal