अकला मन्दिरमा आजदेखि श्रद्धालु भक्तजनको लागि दर्शन खुला


हिमलाल पराजुली

स्याङ्जा,१ असोज– वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा आजदेखि श्रद्धालु भक्तजनहरुले दर्शन गर्नुका साथै पूजाआजा गर्न पाउँने भएकाछन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेसंगै मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनका कारण एकअर्कामा सङ्क्रमण फैलिन सक्ने भन्दै मन्दिर व्यवस्थापन समितिले मन्दिरमा हुँदै आएको पूजापाठ दर्शनलगायतका सबै काम बन्द गरेको थियो ।

मन्दिरमा पूजापाठ बन्द भए संगै श्रद्धालु भक्तजनहरुले लामो समय सम्म मन्दिरमा पूजापाठ गर्नपाएका थिएनन् । मन्दिर व्यवस्थापन समितिले आजदेखि भक्तजनको लागि खुला गरेसंगै अव श्रद्धालु भक्तजनले तीन कन्या अकलादेवि मन्दिरमा गएर दर्शन गर्नुका साथै पूजापाठ गर्न पाउने भएकाहुन ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले लामो समय सम्म मन्दिर बन्द रहदा भक्तजनले पूजापाठ गर्न नपाएकोले संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्ने गरी मन्दिर खुला गरीएको जानकारी दिनुभयो ।
निकै चर्चित रहेको अकलादेवी मन्दिरमा दर्शन गर्नका लागि देशबाट मात्रै नभएर छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । गारो अप्ठ्यारो परेका बेला तीन कन्या अकलादेवीलाई भाकल गर्ने र आफ्नो भाकल पूरा भएपछि भेटी लिएर मन्दिरमा देवीको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तीन मूर्ति छन् । ती तीनवटा शिलाका मूर्तिलाई तीन कन्या भनिन्छ भने प्रसूति अवस्थामा रहेका मूर्ति पनि देख्न सकिन्छ ।

धार्मिक किंवदन्तीअनुसार देवी प्रश्रव पीडामा छट्पटाइरहेका बेला त्यस ठाउँमा आइपुग्दा बिहानपख उज्यालो भएको सङ्केतस्वरूप कुखुराको भाले बासेकाले देवी प्रसूति हुन नसकेर बीचैमा अड्किएकाले यस मन्दिरको नाम अकलादेवी रहन गएको स्थानीय बूढापाका बताउछन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए संगै पहिलो पटकमा लामो समय बन्द रहेको मन्दिर ०७७ साल फागुन १ गतेदेखि खुला गरिएपनि पुनः दोस्रो लहरको संक्रमण फैलिएसंगै ०७८ वैशाख २१ गतेबाट बन्द रहेको मन्दिर आज (असोज १ गते शुक्रबार) बाट दर्शन एवं पूजापाठको लागि खुला गरिएको हो ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal