अकला मन्दिरमा आजदेखि श्रद्धालु भक्तजनको लागि दर्शन खुला


हिमलाल पराजुली

स्याङ्जा,१ असोज– वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा आजदेखि श्रद्धालु भक्तजनहरुले दर्शन गर्नुका साथै पूजाआजा गर्न पाउँने भएकाछन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेसंगै मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनका कारण एकअर्कामा सङ्क्रमण फैलिन सक्ने भन्दै मन्दिर व्यवस्थापन समितिले मन्दिरमा हुँदै आएको पूजापाठ दर्शनलगायतका सबै काम बन्द गरेको थियो ।

मन्दिरमा पूजापाठ बन्द भए संगै श्रद्धालु भक्तजनहरुले लामो समय सम्म मन्दिरमा पूजापाठ गर्नपाएका थिएनन् । मन्दिर व्यवस्थापन समितिले आजदेखि भक्तजनको लागि खुला गरेसंगै अव श्रद्धालु भक्तजनले तीन कन्या अकलादेवि मन्दिरमा गएर दर्शन गर्नुका साथै पूजापाठ गर्न पाउने भएकाहुन ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले लामो समय सम्म मन्दिर बन्द रहदा भक्तजनले पूजापाठ गर्न नपाएकोले संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्ने गरी मन्दिर खुला गरीएको जानकारी दिनुभयो ।
निकै चर्चित रहेको अकलादेवी मन्दिरमा दर्शन गर्नका लागि देशबाट मात्रै नभएर छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । गारो अप्ठ्यारो परेका बेला तीन कन्या अकलादेवीलाई भाकल गर्ने र आफ्नो भाकल पूरा भएपछि भेटी लिएर मन्दिरमा देवीको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तीन मूर्ति छन् । ती तीनवटा शिलाका मूर्तिलाई तीन कन्या भनिन्छ भने प्रसूति अवस्थामा रहेका मूर्ति पनि देख्न सकिन्छ ।

धार्मिक किंवदन्तीअनुसार देवी प्रश्रव पीडामा छट्पटाइरहेका बेला त्यस ठाउँमा आइपुग्दा बिहानपख उज्यालो भएको सङ्केतस्वरूप कुखुराको भाले बासेकाले देवी प्रसूति हुन नसकेर बीचैमा अड्किएकाले यस मन्दिरको नाम अकलादेवी रहन गएको स्थानीय बूढापाका बताउछन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए संगै पहिलो पटकमा लामो समय बन्द रहेको मन्दिर ०७७ साल फागुन १ गतेदेखि खुला गरिएपनि पुनः दोस्रो लहरको संक्रमण फैलिएसंगै ०७८ वैशाख २१ गतेबाट बन्द रहेको मन्दिर आज (असोज १ गते शुक्रबार) बाट दर्शन एवं पूजापाठको लागि खुला गरिएको हो ।

ताजा

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal