कोरोना महामारीका विच स्याङ्जामा कोदो खेतीमा वृद्धि


हिमलाल पराजुली
स्याङ्जा,३१ भदौ– कोरोना भाइरस (कोभिड १९) ले धेरै कुराहरुलाई प्रभावित पारेको भएपनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।
कोरोना संक्रमणका कारण धेरैको रोजगारी गुमनुका साथै आर्थिक अवस्था खस्कदो अवस्थामा भएपनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ । जिल्लामा कोरोना संक्रमणका कारण बैदेशिक रोजगारीमा गएकाहरु गाउँघरमा फर्किनुका साथै लकडाउनका कारण व्यापार व्यावसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा बृद्धि हुदै जान थालेको छ ।

किसानको लागि बढि मेहनत लागने कोदो खेतीमा यस वर्ष बृद्धि भएको छ । मेहनत बढि लाग्ने र उत्पादन कम हुने भन्दै बिस्तारै कम हुदै गएको कोदो खेतीको यस वर्ष बृद्धि भएको हो । स्वास्थ्यको लागि निकै राम्रो र पोसिलो मानिएको कोदो खेती लगाउनको लागि बढि मेहनत गर्नुपर्ने र उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्ष देखि कम मात्रामा लगाउने गरेका किसानहरुले यस वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यहरु समेत खेतीबाली लगाउने समयमा घरमै हुदा काम गर्ने जनशक्ति प्रसस्त भएकोले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती बिस्तार भएको हो ।

कोदो खेतीको लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवद्र्धक खाद्य बालिको रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो । किसानले यस वर्ष १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको हमालले जानकारी दिनुभयो । अन्य खेती बालीलाई बाँदरले बढि खाएर क्षती पुर्याउने भएपनि कोदो खेतीमा बाँदरले समेत कम क्षती पुर्याउने भएकोले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो खेती लगाएको बताउदुभयो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख हमालले भन्नुभयो, “मकै, गहुँ लगायतका बालिमा बाँदरका साथै जंगली जनावरले बढि क्षेती पर्याउने भएकोले यो खेतीमा बाँदरले पनि त्यती धेरै क्षती नपुर्याउने भएकोले कोदो खेतीमा बृद्धि भएको छ, यो खेती बढ्न्मा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्यहरु जम्माभएको समयलाई समेत किसानहरुले सदुपयोग गरेको देखिन्छ ।” गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन बृद्धि हुने समेत हमालले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार ४ सय ७ हेक्टर जमिनमा कोदो खेती गरिएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा १६ हजार ५ सय हेक्टर जमिनमा कोदो खेती लगाईएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष कादोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको रहेको छ ।

यस वर्ष १८ हजार १ सय ५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रम अन्र्तगत कोदोको विउ, सिंचाई, व्यवस्थापन लगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानहरुलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जनाएको छ ।

जाडो मौसममा कोदोको रोटी, ढिडो लगायतका परिकारहरु खादा राम्रो हुनेभएकोले कोदो खेतीको बिस्तार गर्नुपर्ने चापाकोट नगरपालिका १० की सावित्रा भट्टराईले बताउनुभयो । गाउँघरमा कोदोको परिकारमा त्यती धेरै चासो नदिएपनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकिय गाउँहरुमा त कोदोको परिकारले पर्यटकहरुको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँघुम्न आउँने पर्यटकहरुलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका ६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहाकार हिराबहादुर गाहाले बताउनुभयो ।

अन्य बालीको समस्या लिएर किसानहरु ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउँने गरेको केन्द्रको भनाई छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेति हुने बारीहरु बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउँने कारण अन्य बालीको तुलनामा कोदो खेति भने कम नै हुने गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएको बरु सहर बजारका होटल, रेस्टुरेन्टमा कोदोको परिकार पाक्ने गरेको र बजारी क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको देखिन्छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal