स्याङ्जाका प्रकाश पराजुलीको टिमलाई दोहोरी गीत च्याम्पियनमा जिताउन कस्सिए जिल्ला बासी
वालिङ,३१ भदौ– नेपाल टेलिभिजनबाट प्रसारण हुने दोहोरी गीत च्याम्पियनमा प्रतिस्पर्धामा रहेका स्याङ्जा वालिङ १२ का प्रकाश पराजुली र दाङ घर भएकी मीना बुढाथोकीलाई दोहोरी च्याम्पियनमा जिताउन जिल्लामा अभियान नै संचालन गरिएको छ ।
पछिल्लो पटक लोक सङ्गीतका क्षेत्रमा चर्चा कमाउन सफल युवा गायक प्रकाश पराजुलीलाई जिताउन जिल्ला बासि एवं समर्थकहरुले सामाजिक संजालदेखि विभिन्न माध्यामबाट भोट गर्न सबैमा आरोध गर्दै आएकाछन् । लोक गीतको क्षेत्रमा स्थापित हुदै गरेको युवालाई दोहोरीमा च्याम्पियनमा बनाउन सके जिल्लाकै गौरव बढ्ने भन्दै जिल्लामा प्रकाश र मीनालाई जिताउने अभियानै संचालन गरिएको हो । आठौं स्थानबाट चौथो स्थानको लागि प्रतिस्पर्धामा भिडेका उनीहरुको लागि अहिले दर्शकको अपार माया एवं भोटको खाचो छ । त्यसैले सबैको भोटको लागि यो जोडीले आग्रह गरेको छ ।
प्रकाश पराजुली र मीना बुढाथोकीलाई मोबाइलको म्यासेज बक्समा गएर डिसि ०५ टाइप गरी ३३००१ मा म्यासेज गरेर र नेपाल टेलिभिजनको एपीपी डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ । यसरी दर्शकको भोट र निर्णायकको मूल्याङ्कनको आधारमा प्रतिस्पधीहरुको छनोट हुनेभएकोले सबैलाई भोट गररे सहयोग गरिदिन प्रकाशले आग्रह गरेकाछन् । परम्परा संगै आधुनिक एवं परिस्थिती अनुसारका गीत गाएर चर्चामा आउन सफल भएका पराजुलीलाई अहिले अत्याधिक भोटको खाचो छ त्यसैले सबैले भोट गरेर गरौ ।
ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार





















