बालअधिकार संरक्षणका प्रयास सकारात्मक

शिवा तामाङ

काठमाडौँ,२९ भदौ– नेपालमा बालबालिकाको हक, अधिकार प्रवद्र्धनका प्रयास र उपलब्धि सकारात्मक देखिएका छन् । आज मङ्गलबार मनाइने ५७औँ राष्ट्रिय बाल दिवसका अवसरमा बाल अधिकारकर्मी, विज्ञहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यस वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी :बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित बाल दिवस मनाइँदै छ ।

उहाँहरूका अनुसार संविधानमा बालबालिकाको हकका लागि गरिएको व्यवस्था, बालबालिकासम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुमोदन गरेर बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरिएको पहल सकारात्मक रहेका छन् । बालअधिकारकर्मी गौरी प्रधानले दसवर्षे जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोरोना महामारी र बनेका कानुनको फितलो कार्यान्वयनले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि यस क्षेत्रका लागि कार्ययोजना राम्रो बनेको बताउनुभयो । महामारीले विश्व प्रभावित हुँदा बालबालिका बढी पीडित भएको उल्लेख गर्दै उहाँले उनीहरूको स्वास्थ्य, शिक्षालगायत हक अधिकारको प्रवद्र्वनमा थप मिहिनेत र ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषद्ले सडक बालबालिकामुक्त राष्ट्र अभियान, हिंसा, दुव्र्यवहार, हराउनेलगायतका जोखिमबाट बालबालिकालाई संरक्षण गर्न देशभर १८ वटा बाल हेल्पलाइन सेवा केन्द्र सञ्चालन गरेको छ । जसमा १०९८ र प्रहरीसँगको समन्वयमा खोजतलास केन्द्र १०४ मा सम्पर्क गरेर सूचना टिपाउन सकिने व्यवस्था गरिएको छ । जोखिममा परेका बालबालिकाको संरक्षणका लागि अस्थायी संरक्षण केन्द्र, सङ्घ, प्रदेश र स्थानीय तहमा बालबालिकासम्बन्धी ऐन कार्यान्वयनका क्रममा रहेको छ । अनाथ बालबालिकाको संरक्षणका लागि नेपाल बाल सङ्गठनको स्थापना गरी विक्रम संवत् २०२१ देखि नेपालमा बालबालिकाको समस्या सम्बोधनको प्रयास सुरु भएको पाइन्छ । सङ्गठनको स्थापनापछि तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको जन्मोत्सवका अवसरमा बाल दिवस मनाउने प्रचलन थियो । संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि–१९८९ लाई नेपालले विसं २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो । विगत केही वर्षदेखि भने भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाइँदै आएको छ ।

दिवसको सन्दर्भमा परिषद्ले ‘सङ्घीय नेपालमा बालअधिकार’ विषयमा दुई मिनेटको भिडियो प्रतियोगिताको आयोजना गरेको छ ।परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले दिवसकै सन्दर्भमा नेपाल रग्वी एसोसिएसनसँगको समन्वयमा सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई (स्ट्रीट टु स्टेडियम) कार्यक्रमअन्तर्गत प्रशिक्षण दिने जानकारी दिनुभयो । असार मसान्तसम्म १८६ स्थानीय तहमा बालअधिकार तथा संरक्षण कार्यविधि निर्माण, १३० स्थानमा बालअधिकार समिति गठन, ५३ स्थानमा बालकल्याण अधिकारी र १४१ स्थानीय तहमा बालकोष स्थापना भएको जानकारी उहाँले दिनुभयो ।

परिषद्ले कोभिड–१९ महामारीका सन्दर्भमा नेपाल पेडियाट्रिक एसोसिएसन (नेपास) तथा पेडियाट्रिक नर्सेस एसोसिएसन नेपाल (पिनान)सँगको सहकार्यमा ७५३ वटा स्थानीय तहमा स्वास्थ्य सचेतना कार्यक्रमका लागि संयन्त्र निर्माण गरिने जनाएको छ । यस्तै, परिषद्ले अस्पतालसँग समन्वय गरी जोखिमपूर्ण र जटिल प्रकृतिका रोग लागेका बालबालिकाको उपचारमा सहायता प्रदान गर्ने, हिंसा, दुव्र्यवहारलगायतका समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, व्यवस्थापन गर्दै आएको छ ।
कोभिड–१९ को तेस्रो लहरबाट बालबालिकालाई बचाउन अस्पतालले २० प्रतिशत श-या छुट्याउनुपर्ने सरकारको आग्रहको कार्यान्वयनका लागि पहल, ६० जिल्लामा १८० जना कोभिड सङ्कट बालबालिका सहायता स्वयम्सेवी समूूह परिचालन भइरहेको छ ।स्रोतः गोरखापत्र

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal