वातावरणीय परीक्षण गर्न सार्वजनिक सुनुवाई

स्याङ्जा ,२९ भदौ– पुतलीबजार नगरपालिकाले १, ३ र १४ नम्बर वडाको संघम स्थलमा पर्ने पुतलीखेत किनारमा त्रिवेणिधाम निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्न सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । त्रिवेणिधाम निर्माणका बारेमा नगरबासीहरुलाई जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रमलाई बोल्दै नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पालीकाको महत्वपूर्ण योजना भएको बताउदै त्रिवेणिधामलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । । नगरप्रमुख क्षेत्रीले फोहोर फाल्ने स्थानको रुपमा रहेको त्रिवेणिधाममा हस्त सिल्पका पसल, चौतारी, भ्यूटावर, स्नान स्थल, पार्क र मन्दिर लगायत संरचना निर्माण हुने जानकारी दिनुभयो। नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकाले रचनात्मक तथा उदाहरणीय कार्य गरेको बताउदै मालेबगरमा स्थापना भएको सफाई केन्द्रले ग्याँस उत्पादन शुरु गरेकोले उत्पादित ग्याँस स्थानीय बासिन्दालाई उपभोग गर्ने व्यवस्था मिलाउने समेत बताउनुभयो ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार