रोटरी क्लब रामपुरद्वारा स्वास्थ्य सामग्री प्रदान
पाल्पा,३ वैशाख– रोटरी क्लब रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लबले पत्रकार तथा संचारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । कोरोना भाइरसको संक्रमणका समयमा अग्रपंक्तिमा रहेर खटिने पत्रकार एवं संचारकर्मी र ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरीलाई सामग्री हस्तान्तरण गरिएको हो ।
रोटरी क्लवका अध्यक्ष राजुप्रसाद श्रेष्ठले नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे र ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्कीलाई मास्क, स्यानीटाइजर र गोलब्स हस्तान्तरण गर्नुभएको हो
क्लबका अध्यक्ष श्रेष्ठले कोरोना संक्रमण बढिरहेको अवस्थामा नियमित काममा खटिने पत्रकार र सुरक्षा कर्मीहरुको लागि थोरै भएपनि सहयोग पुगोस भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको परिवेशमा पत्रकारका निम्ति रोटरी क्लबले गरेको सहयोगप्रति नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरेले धन्यवाद दिनुभएको छ । उहाँले जोखिम बढ्दै गएपनि संचारकर्मीले सूचना संप्रेषणमा सक्रिय भएर लागेको बताउदै सबै संचारकर्मीलाई कोभिडको महामारीमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरी सुरक्षित भएर सूचना संम्प्रेषण गर्न अनुरोध गर्नुभयो ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले रोटरी क्लबले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा धन्यवाद दिदै कोभिडको महामारी फैलिदै गएको हुदा सतर्क रहन अनुरोध गर्नुभएको छ ।
केही महिना अघि मात्रै औपचारिक रुपमा रामपुरमा स्थापना भएको क्लबले बिभिन्न समयमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















