मन्त्री अर्यालको पहलमा गण्डकी प्रदेशलाई पठाईएको स्वास्थ्य सामग्री पोखरा आइपुग्यो
पोखरा,३ वैशाख– गण्डकी प्रदेशलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री काठमाण्डौबाट पोखरा आइपुगेको छ । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको विशेष पहलमा नेपाल सरकारले गण्डकी प्रदेशको लागि पठाएको अक्सिजन, पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री पोखरा आइपुगेको हो ।
गण्डकी प्रदेशका साथै मन्त्री अर्यालले गृह जिल्ला स्याङ्जालाई अक्सिजन, ३० वटा पल्स अक्सिमिटर, ३५ हजार थान माक्स, २ सय ६० लिटर सेनिटाइजर, ४ सय २० पिस पिपिइ, ३ हजार गल्वस, ३३ वटा थर्मोगन, पाँच थान अक्सिजन कन्सन्ट्रेटर समेत पठाउनु भएको छ । उक्त स्वास्थ्य सामग्री मंगलबार स्याङ्जामा वितरण गरिने छ ।
जिल्लामा कोरोना भाइरस तिब्ररुपमा फैलीनुका साथै मृत्युहुनेको संख्या बढिरेहको बेला आवश्यक स्वास्थ्य सामग्रीले बिरामीको उपचारका साथै क्रमण नियन्त्रणमा सहयोग पुग्ने मन्त्री अर्यालले विश्वास ब्याक्त गर्नुभयो ।
कोरोना भाइरसको कारण समय जटिल बन्दै गएको र बाहिर निस्कन सक्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले आफै उपस्थित हुन नसके पनि प्रदेश र जिल्लामा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने मन्त्री अर्यालको भनाइरहेको छ ।
कोरोना संक्रमण बढ्दै जादा जिल्लामा संक्रमित बिरामीको उपचारमा स्वास्थ्य सामग्रीको अभाव नहोस भनेर सो सामग्री पठाएको मन्त्री अर्यालले बताउनुभयो ।
साथै मन्त्री अर्यालले सबै नागरिकहरुलाई संक्रमणको बेला सावधानी अपनाउदै सुरक्षित भइ घरमै सस्न समेत आग्रह गर्नु भएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार























