वालिङमा ७८ जना कोरोना संक्रमण मुक्त

वालिङ,३० वैशाख– वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना संक्रमित संक्रमण मुक्त भएकाछन् । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड १९ बाट संक्रमित मध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र हालसम्म कूल संक्रमितको संख्या दुई सय ९३ रहेको छ । जसमध्ये ७८ जना निको भएका छन् भने पोखरामा ११ जना, गह्रौं प्राथमिक अस्पतालमा ५ जना गरी १६ जनाको अस्पतालमा उपचार भईरहेको छ । वालिङमा हालसम्म दुई सय ११ जना सक्रिय संक्रमित छन् भने चार जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको महामारीका बेला जारी गरिएको निषेधाज्ञालाई कडाईका साथ पालना गरी जोखिम रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले अनुरोध गर्नुभएको छ ।

सक्रिय संक्रमितहरु होम आइसोलसनमा बस्दा कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या भएमा तत्काल नगरपालिका कार्यालय, सम्बन्धित वडा कार्यालय वा स्वास्थ्य कर्मीहरुलाई तुरुन्त जानकारी गराउन पनि प्रमुख प्रशासकीय अधिकृत भट्टराईल अनुरोध गर्नुभएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal