रसायनिक मल उपलब्ध गराउन जिल्ला सहकारी संघ स्याङजाको माग

वालिङक,३० वैशाख–जिल्ला सहकारी संघ स्याङ्जाले सहज रुपमा रसायनिक मल उपलब्ध गराउन अनुरोध गरेको छ । कोभिडको नयाँ भेरियन्टका कारण जारी लकडाउनका बेला किसानहरुलाई चाहिने मल सहज उपलब्ध तथा आपुर्तिका लागि संघले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सम्बोधन गरी जिल्ला प्रशासन र जिल्लास्थित सबै स्थानीय तहलाई बोधार्थ गरी पत्र पठाएको हो ।

वर्षायाम शुरु भएसंगै मकै बालीका लागि रसायनिक मलको माग अत्याधिक वृद्धि भएको भन्दै मकै बालीका लागि यसै साता कम्तिमा ६३० टन युरिया जिल्ला पठाउन आग्रह गरिएको छ । साल्ट ट्रेडिङको कर्पोरेशनको विक्री डिपो स्याङ्जामा नभएको र जिल्लामा कृषि सामाग्री कंपनीको एक मात्र डिपो भएपनि त्यसको भण्डारण क्षमता कम भएकाले किसानलाई पर्याप्त मल उपलब्ध गराउन संघले आग्रह गरेको छ । जिल्लामा ११ सय मेट्रिक टन युरिया माग भएकोमा जम्मा ४७० मेट्रिक टन मात्रै उपलब्ध भएको भन्दै अघिल्लो वर्षमा समेत कृषकलाई पर्याप्त मल उपलब्ध हुन नसकेको स्मरण गर्दै समयमै मल उपलब्ध गराउन आग्रह गरिएको संघका अध्यक्ष लक्ष्मीपती पौडेलले बताउनुभयो । यति बेला कृषकहरु खेतबारीमा मकै गोडमेलमा व्यस्त रहेको भन्दै गोडमेलका बेला मल अभाव भएमा मकै उत्पादनमा ह्रास आउने भएकाले छिटो मल उपलब्ध गराउन आग्रह गरिएको छ ।

त्यस्तै धान बालीको लागि आवश्यक पर्ने माग बमोजिमको थप युरिया, पोटास, डिएपी जेष्ठको पहिलो हप्तासम्म आईसक्ने व्यवस्था मिलाउन भनिएको छ भने जिल्लालाई आवश्यक पर्ने मल सिधै विरगंजबाट ढुवानी गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । साल्ट टे«डिङ कर्पोरेशनलाई जिल्लामै डिपो राख्न भनी मल सहज रुपमा उपलब्ध हुने वातावरणको सृजना गर्न समेत पत्रमा उल्लेख गरिएको छ । गतवर्ष समेत कोरोनाका कारण गरिएको लकडाउनमा कृषकले मल पाउन सकेका थिएनन् । संघका अध्यक्ष पौडेलले भन्नुभयो, ‘गतवर्ष हामीले आँफै भैरहवा गएर मल खरिद गरि कृषकलाई उपलब्ध गराएका थियौँ । गतवर्षको जस्तै अवस्था सृजना नहोस भनी हामीले समयमै पर्याप्त मल उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेका हौँ ।’

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal