पुतलीबजार द्वारा कोरोना संक्रमितलाई मनोबल बढाउन आयुर्वेदिक औषधी वितरण
स्याङ्जा,२४ वैशाख– पुतलीबजार नगरपालिकाले नगरभित्र रहेका कोरोना संक्रमितहरुलाई मनोबल बढाउने उद्देश्यले आयुर्वेदीक औषधी वितरण शुरुगरेको छ । नगरपालिकाले जिल्ला सरदमुकम र अर्जुनचौपारीमा रहेको आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गरिएको हो ।
पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समाजमा फैलिरहेको हुनाले कोरोनालाई न्यूनिकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले पालिकामा हाल सम्म २९ जना कोरोना संक्रमित रहेको बताउदै सबै कोरोना संक्रमित विरामीहरु सम्म औषधी पु¥याउने बताउनुभयो ।
नगरप्रमुख क्षेत्रीले आयुर्वेदिक औषधीले कुनै असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताउनुभयो । पुतलीबजारमा दोस्रो चरणको भेरिएन्ट कोरोनाबाट २९ जना विरामी परेका छन् । कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
विरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदीक औषधी दिन शुरु गरिएको वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रबक्ता ख्यामनारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले औषधी वितरणले विरामीहरुको मनोवल उच्च भएको बताउनुभयोल । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार























