कोरोना संक्रमितको उपचारका लागि गल्याङ नगर प्रमुखको गाडी प्रयोग गरिने
स्याङ्जा,२५ वैशाख– गल्याङ नगरपालिकाले कोरोना संक्रमण बढ्दै जान थालेपछि संक्रमितको उपचारका लागि नगरप्रमुख भुपराज अधिकारीले प्रयोग गर्दै आएको सवारी साधन ( गाडी) प्रयोग गर्ने भएको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जान थालेपछि सवारी साधनको अभावमा विरामीले समस्या भोग्न नपरोस भनेर नगरपालिकाले यो निर्णय गरिएको जनाएको छ ।
नगरवासीको स्वास्थ्य भन्दा ठुलो अरु केही नभएकोले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा आवश्यक्ता अनुसार आफुले प्रयोग गर्दै आएको सवारी साधन प्रयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
नगरपालिका भित्र गल्याङ नगर अस्पतालमा रहेका एम्बुलेन्सले सेवा दिइरहेको र संक्रमण बढ्दै जादा सवारी साधनको अभावमा बिरामीले समस्या भोगन नपरोस भनेर नगरप्रमुख अधिकारीले प्रयोग गर्दै आएको ग १ झ ३३५ नम्बरको सवारी साधन प्रयोग गरिने नगरपालिकाले जनाएको छ । नगरप्रमुअ अधिकारीले कोरोना संक्रमण तिब्र रुपमा फैलीएकोले यसबाट बच्न सबै नगरवासिलाई स्वास्थ्य मापदण्डलाई पालन गर्न समेत आग्रह गर्नुभएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार






















