आँधीखोला गाउँपालिकाले सञ्चालनमा ल्यायो कोभिड अस्पताल

स्याङ्जा, २४, वैशाख– कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमण बढ्दै जान थालेपछि यसको रोकथाम र नियन्त्रण गर्ने योजना अनुसार आँधीखोला गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बढ्दै गएको कोरोना संक्रमणलाई फैलीन नदिन र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।

गाउँपालिकाले १५ बेडको आइसोलेसन वार्ड तयार गरेको छ भने ५ बेडको अक्सिजन सहितको वर्ड निर्माण गर्ने तयारीमा रहेको गाउँपालिकाका सूचना अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार हाललाई ३० बेडको क्वारिन्टिन निर्माण गरिएको छ भने विदेशबाट आउनेहरुलाई घरमा असुरक्षीत महशुस गरी क्वारिन्टिनमा बस्न चाहेको अवस्थामा गाउँपालिकाले निशुल्क बस्ने खाने सहितको ब्यवस्था मिलाएको छ ।

सेती दोभानमा रहेको आँधीखोला सामुदायी अस्पताललाई पालिकाले कोभिड १९ अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्नुका साथै कोरोना संक्रमण फैलिन नदिनको लागि सबै वडामा वडा अध्यक्षको अध्यक्षतामा निगरानी समुहको गठन गरेको छ । निगरानी समुहले पालिकाभित्र बाहिरबाट आउनेहरुको अनुगमन गर्ने, उनिहरुलाई क्वारिन्टिन व्यवस्थापनको लागि सहजिकरण गर्ने, स्थानिय स्तरमा देखिएका सम्भावित संक्रमितको परीक्षण र उपचारमा सहजिकरण गर्नेछ ।

दिर्घरोगीलाई औषधीको व्यवस्था

गाउँपालिकाले नियमित औषधी सेवन गर्नु पर्ने दिर्घरोगीहरुलाई निषेधाज्ञका कारण औषधी ल्याउन समस्या हुने भएकोले आवश्यक औषधी समेत ल्याउने ब्यवस्था समेत मिलाएको छ । अहिले अस्पतालनमा ६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालकाले जनाएको छ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal