गायिका कमलाको ‘मुना’ सार्वजनिक
वालिङ,१७ माघ– गायिका कमला अधिकारीको स्वरमा समसामयिक सामाजिक परिवेशमा आधारित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मुना’ बोलको यो गीत युट्युव च्यानल जोजस क्रियशन प्रलिबाट शनिबार सार्वजनिक भएको हो । गीतमा कमला अधिकारीकै शब्द तथा लय रहेको छ भने गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गर्नुभएको छ । दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ । शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायन सँगै लेखन कार्यमा समेत सक्रिय हुनुहुन्छ । अधिकारीको यस गीति कथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ ।
गायिका अधिकारीले आफ्नो यो पहिलो प्रयास भएको बताउदै आफु सानै हुदादेखिको सपमा पुरा भएकोमा निक्कै खुसी लागेको गण्डकी समाचार डट कमलाई बताउनुभयो । अग्रजहरुको मार्गदर्शनबाट नै गायन क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउदै अधिकारीले भन्नुभयो, “शिक्षाले बुद्धिको विकास गर्छ त्यसरी नै कलाले हृदयको विकास गर्छ ।”त्यसैले म बुद्धि र हृदय दुवैलाई संगसंगै विकासको गतिमा अगाडी बढाउने योजना अनुसार यस क्षेत्रमा लागे ।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















