चालक कुम्भनारायणको बयान– ट्याक्सीसँगै मलाई पनि जलाउने रहेछन्

काठमाडौं, २२ माघ– प्रचण्ड–माधव नेतृत्वको नेकपाले आम हड्ताल आह्वान गरेको विहानै कुम्भनारायण श्रेष्ठ प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको आफ्नो ट्याक्सी निकालेर एक दिनको खर्च जोहो गर्न निस्कनुभएको थियो । तर, उहाँको ट्याक्सी जलेर खरानी भयो भने आफैं बल्लतल्ल जोगिनुभयो ।
ट्याक्सी चालक कुम्भनारायणले आफूलाई भित्रै राखेर दुईजना व्यक्तिले ट्याक्सीमा आगो लगाएको बताउनुभयो । सिट बेल्ट खोलेर भाग्न केही बेर ढिला भएको भए आफू पनि ट्याक्सीसँगै खरानी हुने अवस्थाको आएको उहाँले सुनाउनुभयो ।

चालक कुम्भनारायणले भन्नुभयो आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्नुभयो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन् । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी आन्दोलनकारी हौं भने ।
दाहिनेतिरबाट एउटाले पेट्रोल छर्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई कोरेर फाल्यो । म आत्तिएर केही सोच्नै सकिनँ । गाडीमा आगो हुरहुरी बलिसक्यो म सिटबेल्ट लगाएर बसेको थिएँ ।
अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जोगाएँ । उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जलाउने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थेँ ।
म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काउनुभयो । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन ।
देशको लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने हो ?
स्रोत नेपाल प्रेस

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal