कलंकी कृषिबजारको मन्त्री अर्यालद्वारा उद्घाटन


काठमाडौं, १६ माघ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । शुक्रबार कलंकीस्थित कृषिबजारमा आयोजीत कार्यक्रममा मन्त्री अर्यालले सो बजारको उद्घाटन गर्नुभएको हो ।
सहिद दिवसको अवसरमा आयोजीत कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण गर्नुभएको थियो । सहिदको तस्विरमा माल्यार्पण गर्दै उहाँले तत्कालिन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने बीर सहिद तथा सम्पूर्ण सहिदहरुको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभएको थियो । ‘सहिदहरुले परिवर्तनका निम्ती आफ्नो जीवनको आहुती दिनुभयो । त्यो समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई शासकहरुले निर्ममतापूर्वक हत्या गरे ।’ मन्त्री अर्यालले भन्नुभयो, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्धिको दिशामा अगाडी बढिरहेको छ ।’
‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका निम्ती सरकार लागिरहेको बताउँदै उहाँले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्न यसप्रकारका बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उहाँले समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताउनुभयो । ‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भन्नुभयो, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका निम्ती सबै युवाहरु लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानहरुसँग सम्बन्ध राख्नुस ।’ मन्त्री अर्यालको भनाइ थियो ।
बजारको समस्या अन्त्य गर्नका निम्ती जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उहाँको भनाई थियो । ‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन ग¥यौं भने यस्ता बजारहरु तपाईहरुको गाउँमा आफै खोज्दै आउछ’, उहाँले भन्नुभयो, ‘तपाईहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईहरुको गाउँमा संकलन केन्द्र दिन्छ । राजनीतिक दलहरुले पनि पार्टीहरुले विचार सँगै जनतालाई गरिखान सिकाउनुपर्ने भन्दै मन्त्री अर्यालले यही बाटोबाट नै सरकारले लिएको लक्ष्य पुरा हुने बताउनुभयो । त्यसका निम्ती यान्त्रिकीकरणलाई जोड दिदै अगाडी बढ्न समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठूला परिमाणमा उत्पादन गर्न अब मानवश्रमले मात्रै सकिदैन । त्यसैले यान्त्रिकीकरणमा जानुपर्छ । औजारहरुको प्रयोग गरेर ठूल्ठूला स्केलमा उत्पादन गरी बजारको ग्यारेन्टी गर्नेगरी सरकार अगाडी बढेको छ ।’
कलंकी कृषि बजारमा हाल १ सय १५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने उहाँको भनाई थियो ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal