गल्याङ नगरपालिकाको आठौं नगरसभा सम्पन्न, जनताको अधिकतम सेवामा लाग्न नगरप्रमुख अधिकारीको आग्रह

गल्याङ,१४ माघ– गल्याङ नगरपालिकाको आठौं नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभाले विभिन्न १३ बुँदे प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
नगरसभामा नगरप्रमुख भुपराज अधिकारीले प्रस्तुत गर्नुभएको १३ बुँदे प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
नगरसभामा २०७७÷०७८ को पुस मसान्तसम्मको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको समिक्षा गरी आम्दानी र खर्चको अनुमोदन गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षको आर्थिक ऐन २०७७ लाई संशोधन गर्न बनेको आर्थिक ऐन पहिलो संशोधन विधेयक र सार्वजनिक खरिद नियमावली स्वीकृत गरिएको छ ।
यसै गरी विपन्न नागरिक आवास निर्माण कार्यक्रम, शिक्षा ऐन संशोधन पनि पारित गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रको रुपमा बल्पुक, लल्याङ, गल्कोट, मुडकिल्ला तथा तल्लो गल्याङलाई समेटर बजार क्षेत्र निर्धारण गर्ने तय भएकोछ ।
यसै गरी दिमिक, जिमुहा, कर्मचौर लबरकोटदेखि सम्पास सम्मको भागलाई समेटेर एकिकृत धामिर्क नमूना वस्ती निर्माण गर्ने निर्णय पनि पारित भएको छ भने रकमान्तर सम्बन्धि योजनालाई पनि स्विकृत गरिएको छ । नगरवासीलाई विमाको पहुँचमा पु¥याउने सबै वडाका अति विपन्न परिवारलाई निशुल्क विमा कार्यक्रम सञ्चालन गर्नको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको छ ।

नगरसभा सदस्य हेमलाल विकप्रति शोक प्रस्ताव पनि पारित गरिएको छ ।
नगरसभाका एजेण्डा प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले पछिल्लो छ महिनामा नगरपालिका ३४.८८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणका कारण संघबाट बजेट कटौती भएको भन्दै सीमित बजेटबाट अधिकतम काम गर्नुपरेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘यस वर्ष बाढि पहिरो पनि बढि भयो, बजेट थप्नुपर्ने बेलामा नगरको प्रशासनिक भवन बनाउनुपर्ने कारणले पनि बजेट कटौती गर्नुपरेको अवस्था छ ।’
उहाँले नगरपालिका भित्रका विपन्न परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने समेत बताउनुभयो ।

नगरपालिकामा खानेपानीका ठूला आयोजना सञ्चालन, बाटो निर्माणका साथै कृषि क्षेत्रमा विभिन्न कामहरु भैरहेको नगरप्रमुख अधिकारीको भनाइ थियो ।
नगरप्रमुख अधिकारीले छोटो समयमा धेरै कामहरु भएपनि जनताका अपेक्षाहरु पुरा गर्न अझै धेरै काम गर्नबाकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाई हामी सबै जनप्रतिनिधिहरु जनताका बीचमा अझै बढि क्रियाशिल भएर जनतको सेवामा खटनुपर्ने हुन्छ । यसको लागि सबै आआफ्नो ठाउँबाट लागौं ।

नगरसभामा नगरपालिकाका १६ जना उत्कृष्ट कर्मचारीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो ।

ताजा

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal