कोरोना विरुद्धको खोप लगाउन शुरु


स्याङ्जा,१४ माघ–कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा पनि लगाउन शुरु गरिएको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो । भारत सरकारले उपलब्ध गराएको सो भ्याक्सिन सरकारले जिल्ला जिल्लामा पठाए संगै आजदेखि देशैभरी लगाउन शुरु गरिएको हो । स्याङ्जा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन चिकित्सक शुसिल मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्याङ्जामा पहिलो खोप लगाउनुभएको हो ।
आज बुधबार यो समाचार तयार पार्दा सम्म एक सय ३० जनाले खोप लगाईसकेका छन् भने आजै दुई सय ५० जनालाई खोप लगाउनेछन् । नेपाल सरकारले जिल्लाको लागि पठाएको १ सय ७१ भायल १७ सय १० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
आजबाट लगाउन शुरु गरिएको खोप प्रथम चरणको हो । सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal