गरिबीको अन्त्य गर्नु नै मुख्य कामः नगरप्रमुख अधिकारी
केपी खनाल
गल्याङ,१२ माघ– गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गरिबी अन्त्य गर्नु नै आफ्नो मुख्य काम भएको बताउनुभएको छ । नगरप्रमुख अभिकारीले सम्बृद्विको प्रमुख दुश्मनको रुपमा रहेको गरिबी नगरबाट निवारण गर्ने अभियानमा आफु सक्रिय रहेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल, गल्याङ नगरपालिका ९ वडा कमिटीले साङ्लीया रिपमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले जनताको सेवा गर्नकै लागि पेन्सन हुने बेलामा जागिर छोडेर राजनीतिमा होमिएको भन्दै जनताको जीवनस्तर उकास्नु बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउनभयो ।
विकसीत देशका विकासका मोडेलहरुको अध्ययन गरेर यहाँको समाजमा लागू गर्नुपर्नेमा जोड दिदै उहाँले काम गरेमा छोटो समयमा पनि धेरै परिवर्तन ल्याउन सकिने स्पष्ट पार्नुभयो । ‘कृषि र विकासका क्षेत्रमा नगरपालिकाले विभिन्न कामहरु गरिरहेको छ’ उहाँले भन्नुभयो – ‘यसमा गल्याङका जनताको राम्रो साथ पनि रहेको छ ।’
नगरप्रमुख अधिकारीले अबको तीन वर्ष भित्रमा गल्याङ देखि साङलीयासम्मको बाटो पक्की गर्ने बताउनुभयो । गण्डकी प्रदेशमा नै सबैभन्दा धेरै खानेपानीका योजनाहरु गल्याङमा ल्याउन सफल भएको भन्दै उहाँले एक वर्ष भित्रमा एक घर एक धाराको व्यवस्था गर्ने बताउनुभयो ।
राजनीतिक रुपले केन्द्रमा जुनसुकै हल्ला भएपनि समाज विकासका लागि स्थानिय सरकार लागि परिरहेको नगरप्रमुख अधिकारीको भनाई छ । कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रबेश गर्नेहरुलाई स्वागत गर्दै नगरप्रमुख अधिकारीले नयाँ दृष्टिकोण बनाएर समाज विकासका काममा हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटी अध्यक्ष नारायण प्रसाद अधिकारी समिरले संविधान रक्षाका लागि स्थानीय तह देखि केन्द्रसम्म लड्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले जनताले मत दिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले संसद विघटन गरी जनमतको अवमुल्यान गरेको टिप्पणी गर्नुभयो । अध्यक्ष अधिकारीले गल्याङमा नेकपा एकजुट रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरी दुई सय ७३ जना नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको नेकपा नगरकमिटी गल्याङले जनाएको छ ।
ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















