निर्वाचन होईन जनमत संग्रह चाईयो: प्रसाई

वालिङ,१० पुस- नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नागरिकलाई निर्वाचन होईन जनमत संग्रह आवश्यक रहेकोे बताउनुभएको छ । विहीबार वालिङमा एक कार्यक्रममा बाेल्दै प्रसाइँले दल, जातजाती, धर्म भन्दा देश ठुलो भएको भन्दै देशलाई बचाउने महाअभियानको अभिभारा बोकेर आँफू अगाडि बढेको बताउनुभएको छ ।

नेपाल जस्तो देशले संघिय प्रणाली थेग्न नसक्ने भन्दै यो व्यवस्था फेल भईसकेको प्रसाईँको भनाई थियो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तिय संस्थाले सर्वहारा नागरिकलाई बाँच्न दिएको छैन् । कर र विभिन्न बहानामा नागरिकसंग पैसा असुल्ने र मर्न बाध्य बनाउने परिस्थिति सृजना गरिएको छ । यसका लागि नागरिक बचाउ महाअभियानको स्थापना गरिएको हो ।” नागरिकले बैंक तथा वित्तिय संस्थासंग लिएको ऋण तिनुपर्छ तर सर्वहारा जो तिर्न नसक्ने अवस्थामा छ त्यस्तालाई मिनाहा गर्नुपर्ने आफ्नो अभियानको माग रहेको प्रसाईकाे भनाइ थियाे ।

जेनजि आन्दोलनको प्रसंग उल्लेख गर्दै प्रसाईँले भदौ २४ गते देशको गरिमा बोकेका संरचना जलाईनु र रबि लामिछानेलाई छुटाउनु निकै षड्यन्त्रपुर्वक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले फेरि तिनै व्यक्तिहरु प्रधानमन्त्रीको भागभण्डा गर्दैछन् रे प्रधानमन्त्रीको भागभण्डा त कांगे्रस, एमाले र माओवादीले पनि गरेकै थिए । ति पार्टी र वर्तमान परिप्रेक्षमा हाई हाई बनाईएका व्यक्तिमा केहि फरक देखियो त ?” अब नागरिकले हरेकको मुल्यांकन गर्न आवश्यक रहेको भन्दै व्यापार व्यवसाय गरेर बैंकको ऋण तिर्ने वातावरण बनाईनुपर्नेमा उहाँको जोड थियो ।  

रास्वपा सभापति लामिछाने प्रति लक्षित गर्दै सहकारीलाई जाेगाउनुपर्ने बताउनुभयाे आफुलाई बाघ संग तुलना गर्ने सहकारी ठगीकाे आराेपमा जेलपरेका लामिछाने केेहि दिन पहिले मात्रै अदालतकाे आदेशमा जेलबाट बाहिर निस्किएकाे विषय तर्फ लक्षित गर्दै सहकारीला जाेगाउनुपर्ने धारणा राख्नुभएकाे हाे।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal