वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

वालिङ,९ पुस- वालिङ नगरपालिकाकाे आयाेजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नाराका साथ बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वालिङ खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै  गण्डकी प्रदेश सभासदस्य कल्पना तिवारीले जनप्रतिनिधि शासक नभई सेवक भएको बताउनुभयो ।

वालिङ नगरपालिका निर्वतमान उपप्रमुख समेत रहनुभएकी तिवारीले वालिङलाई सुन्दर र सभ्य शहरको रुपमा स्मार्ट सिटीको अवधारणा आफ्नो कार्यकालमा सुरु गरिएको भन्दै यसलाई पूर्णता दिन वर्तमान जनप्रतिनिधिहरु पनि प्रयत्नशिल रहेको बताउनुभयो । 

लामो संर्घष र बलिदानीबाट आएकाे संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली आँफैमा खराब नरहेको भन्दै विधिमाथि कसैले औँला उठाउन नसक्ने बताउनुभयो । विधि र पद्धति चलाउने व्यक्ति खराब भएको खण्डमा नागरिकले उनीहरुलाई बहिस्कार गर्न सक्ने भन्दै वालिङको समग्र विकासमा यहाँका नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि सबै एकजुट हुनुपर्नेमा तिवारीको जोड थियो ।

सिंगो वालिङको विकासका लागि सबै एकजुट हुनुपर्ने भन्दै खेल तथा खेलाडिको विकासका लागि वालिङ नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले नगरपालिका खेल्कुदकाे विकासका लागि लागि परेकाे बताउदै आगामी दिनमा यश क्षेत्रलाई थप प्रभावकारी बनाउदै लगिने बताउनुभयाे।

कार्यक्रममा संस्थागत विद्यालयहरुको तर्फबाट पायोनियर माविका प्रधानाध्यापक मेघराज गैह्रे, सामुदायिक विद्यालयहरुको तर्फबाट सरस्वति माविका प्रअ यामबहादुर कुँवर लगायतले बाेल्नुभएकाे थियाे। 

नगरभित्रका २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागी हुने प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन कबड्डी, छात्रछात्रा दौड प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal