धारिलाे हतियार प्रहार गरि घाईते बनाएकाे आराेपमा भीरकाेटका अनिल गुरुङ पक्राउ

वालिङ,२३ असाेज- भीरकाेट नगरपालिका १ प्रगतिटाेलमा रहेकाे भीरकाेट भिल्ला रेष्टुरेणटमा धारिलाे हतियार प्रहार गरि वालिङ नगरपालिका १४ का ३४ वर्षीय सुवर्ण लुइँटेललाई घाइते बनाएकाे आराेपमा प्रहरीले भीरकाेट नगरपालिका २ बस्ने अन्दाजी २९ वर्षिय अनिल गुरुङलाई पक्राउ गरेकाे छ। आराेपी गुरुङलाई प्रहरी अनुसन्धान र पिडितकाे जाहेरीकाे आधारमा बयरघारीबाट पक्राउ गरि ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान एवं कानूनी कारबाही प्रकृया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।

घाईते लुईटेलकाे टाउकाे, घाटी लगायत शरिरका अन्यभागमा चाेट लागेकाे र पाेखरामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। 

यसैबिच निजी तथा आवासि विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन (स्याङ्जा) ले प्याब्सनका सदस्य समेत हरेका सुवर्ण लुइँटेल माथि भएकाे सांघातिक आक्रमण प्रति ध्यानाकर्षण भएकाे जनाउदै प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गाेदार द्वारा जारी गरिएकाे विज्ञप्तिमा दाेषीलाई कानूुन बमाेजीमकाे कारवाहीकाे माग गरिएकाे छ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal