वरिष्ठ साहित्यकार वनवासी अभिनन्दित

गोपाल जिटी
वालिङ,२२ असोज–साहित्यकार देवीप्रसाद वनवासीलाई अभिनन्दन गरिएको छ ।
साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाले साहित्यकार देवीप्रसाद वनवासीलाई उहाँकै निवास वालिङ २ शङ्खरेडाँडा पुगी मङ्गलबार अभिनन्दन गरेको हो । मङ्गलबार साहित्यकार वनवासीको सहस्र चन्द्र दर्शन (८४ पूजा )को दिनका अवसरमा उहाँकै घरमा पुगी अभिनन्दन गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।
वि. सं. १९९७ कार्तिक २७ गते स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. २ शङ्खरेडाँडामा जन्मनुभएका वनवासीले माछापुच्छ्रेको काख (२०२०) कवितासङ्ग्रहबाट औपचारिक साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो । उहाँका ६ दर्जन भन्दा धेरै सायित्यिक सिर्जनाहरु प्रकाशित छन् । वनवासीका आमाको सन्देश, शहीदको आत्मकथा, विस्कुन जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । यसैगरी कथा कथौरी, केही रमाइला कथा, छुनुमुनुलगायतका कथासङ्ग्रहहरू, असल मान्छे, अब्बल मान्छे जस्ता उत्कृष्ट बालजीवनीहरू, मुलुकभित्रै भौँतारिँदा , आकृति र अनुभुतिहरूजस्ता लेख–निबन्ध सङ्ग्रहअरू र आँधीखोले लोकसंस्कृति(२०५५) लगायतका पठनीय सिर्जनाहरु हुन् । यसकासाथै उहाँले सम्पादन, अनुवाद र समीक्षाका क्षेत्रमा पनि कलम चलाउनु भएको छ ।
६ दशकभन्दा लामो समय भाषा– साहित्यको सेवामा समर्पित गर्नुभएका वनवासीले ४ दर्जनभन्दा बढी पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएको छ ।
उहाँलाई भेषजराज साहित्य प्रतिष्ठानले २०७४ सालमा भेषजराज साहित्य सम्मानद्वारा पनि सम्मानित गरेको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal